औषधी व्यवसायी संघको स्थापना दिवसमा विविद्य कार्यक्रम

 न्यूज विराट
औषधी व्यवसायी संघको स्थापना दिवसमा विविद्य कार्यक्रम

विराटनगर, असार ११-नेपाल औषधी व्यवसायी संघको ४७ औं स्थापना दिवसको अवसर पारेर विविद्य कार्यक्रम गरि मनाएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङले आज दिनभरी विविद्य कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।

संघको भवनमा आज झण्डोतोलन, अस्पतालमा चौकमा रक्तदान र दिउँसो पत्रकारहरूलाई माक्स, सेनिटाइजर वितरण गरि स्थापना दिवस मनाएको संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए । विराटनगरको अस्पताल चौकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३३ प्रिन्ट रगत संकलन भएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले बताए । रक्तदानमा संघका पदाधिकारी, औषधी व्यवसायी र सर्वसाधरणहरूले रक्तदान गरेका थिए । यस्तै कोभिड – १९ बाट बच्न संघले नेपाल पत्रकार महासंघ मोरङ शाखा मार्फत पत्रकारहरूलाई माक्स र सेनिटाइजर वितरण गरेको हो । यसअघि पनि संघले मोरङ जिल्लाको ६ वटा इलका प्रहरी कार्यालयको प्रहरी यूनिटलाई माक्स र सेनिटाइजर वितरण गरिसकेको महासचिब दिनेश ठाकुरले जानकारी दिए ।

सोही अवसरमा औषधी व्यवसायी क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेका ६९ वर्षिय सन्तलाल साहलाई संघले सम्मान गरेको छ । सम्मानित भएका साहलाई नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । साह २०४० सालदेखि औषधी व्यसायी क्षेत्रमा आवद्ध छन् ।

सम्बन्धित समाचार

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न लागि परेको छु : अर्थमन्त्री महत

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको धेरै समस्या अर्थतन्त्रमा आएको शिथिलताका कारण भएको बताएका छन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आफू इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बजेट खर्च नहुने...

प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच बनाएको छ : मन्त्री कुसियत

विराटनगर, पुस १-प्रदेश नम्बर १ का पर्यटन, उद्योग, वन तथा वातावरण मंत्री जगदिश कुसियतले बैंकको चर्को व्याज दर र अर्को तर्फ जग्गाको अत्यधिक मुल्यका कारण उद्योग खोल्न गाह्रो भईरहेकोले प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच...

काठमाडौंका तरकारी बजारमा उपभोक्ताको भीड

काठमाडौं, ८ वैशाख-काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बजारमा उपभोक्ताको भीड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि २५ जनाभन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ । तर,...

तराईका जिल्लामा कोरोना संक्रमित बढेपछि बारामा कडाइ

काठमाडौं, ३० वैशाख-जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा निशेधाज्ञालाई थप कडाइ गरेको छ । पर्साको वीरगंज बारा र तराईका जिल्लामा देखिएको कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रशासनले लकडाउनलाई थप कडाइ गर्ने जानकारी दिएको हो...

निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन : मनोज दुलाल

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन: मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार भएको दोस्रो साधरणसभाले दुलाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् । संघको वरिष्ठ...

भारतमा आइतबारको तुलनामा सोमबार कोरोना संक्रमित घटे

एजेन्सी, जेठ १३-भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टायता आइतबारको तुलनामा सोमबार संक्रमित केही कमी देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित भेटिएका हुन् । यस अघिल्लो...

अभिषेक गिरीले हालेको रिटमा ‘हेर्न नमिल्ने’ भएपछि स्थगित, माघ १२ गतेको लागि तोकियो पेशी

विराटनगर । मोरङ कारागारका चौकिदार अभिषेक गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गैर कानुनी रहेको भन्दै बदर गर्न मागसहित कारागार व्यवस्थापन विभागसहित तीन वटा निकाय विरुद्ध हालेको रिट ‘हेर्न नमिल्ने’ भनी माघ १२ गतेको लागि...

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घट्ने

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएसँगै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य पनि घट्ने भएको छ । पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । अब एक लिटर तेल १ सय ७९ रुपैयाँमा पाइने छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्