अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न लागि परेको छु : अर्थमन्त्री महत
बिहिबार, १४ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको धेरै समस्या अर्थतन्त्रमा आएको शिथिलताका कारण भएको बताएका छन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आफू इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बजेट खर्च नहुने समस्या समाधानका लागि आगामी दिनमा बजेट पेस भएकै भोलिपल्टदेखि काम गर्न समेत उनले कर्मचारीहरूलाई निर्देशन दिए । निजी क्षेत्रमा पारदर्शीताको कमजोरी भएकाले सच्याउनु पर्ने बताउँदै उनले भने, ‘एउटै लक्ष्य प्राप्ति गर्नका लागि हामी लागेका छौं । निजी क्षेत्र र सरकारले गरेका गल्ती कमजोरी सच्याउनु पर्छ ।’
२०४६ सालको आन्दोलनपछि धेरै परिवर्तन भएको बताउँदै उनले जति हुनु पर्ने थियो, त्यति भने नभएको स्वीकार गरे । ‘धेरै काम भएको छ । धैर्यता गर्ने बानी भने हामीसँग छैन । हामीसँग हात हातमा मोबाइल छन् । त्यो देशमा यस्तो भयो, मेरो देशमा किन भएन भएर विरोध गर्ने चलनमात्रै छ । त्यही भएर गफ कम गर्ने र काम धेरै नगरी अहिले हामीलाई सुखै छैन,’ उनले भने ।
अर्थतन्त्रलाई चलायमान बनाउनका लागि कोही व्यक्तिलाई भन्दा समग्र अर्थतन्त्र र देशलाई फाइदा पुग्ने गरी बजेट ल्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ब्याजदर तथा अन्य मौद्रिक नीतिका टुल्सले बजारमा पूँजी प्रवाह हुन नसकेको बताउँदै उनले खुकुलो मौद्रिक नीतिमार्फत उद्योग व्यावसायलाई सम्बोधन गरेर बजारमा पूँजीप्रवाह बढाउने बताए ।
काठमाडौं, ८ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४६...
आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ...
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले...
विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको तीन वटा होटल ‘क’ वर्गको मान्यता पाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले बिहीबार गरेको अनुगमन र निरीक्षण पछि विराटनगरको एयरपोर्ट रोडमा रहेको होटोल एसियाटिक, विराटनगर...
एजेन्सी, जेठ ९-पाकिस्तानकाे व्यापारिक राजधानी मानिने कराची शहरमा एक यात्री विमान दुर्घटना भएकाे छ । कराची एयरपोर्ट अवतरण गर्न लागेकाे ए३२० विमान पाकिस्तानकाे राष्ट्रिय एयरलाइन कम्पनी पीआईएकाे हाे । याे दुर्घटनापछि घटनास्थलबाट कालाे धुवाँकाे मुस्लाे...
काठमाडौं, २० जेठ-नेपालमा थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये २ सय ७० जना पुरुष छन् भने १८ जना महिला छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले...
सरकारले कोरोना संक्रमण रोकथाम तथा राहतका स्वास्थ्य मन्त्रालय र रक्षा मन्त्रालयका नाममा करिब साढे ३ अर्ब रुपैयाँ रकमान्तर गरी निकासा गरेको छ । अर्थ मन्त्रालयका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको प्रयोजनार्थ ३ अर्ब ९९ करोड रुपैयाँ...
सुनसरी, मंसिर ४ । – नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरै जना आकाङ्क्षी भएपछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि सहमतिमा नै...