निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन : मनोज दुलाल

 न्यूज विराट
निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन : मनोज दुलाल

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन: मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार भएको दोस्रो साधरणसभाले दुलाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा कृष्ण यादव, उपाध्यक्षमा नारायण ऋषिदेव, सचिवमा भेषराज राजवंशी, सह–सचिवमा रन्जित बिष्ट, कोषाध्यक्षमा संजिव श्रेष्ठ, सह–कोषाध्याक्ष शिव दुलाल रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा मिन बहादुर मगर, देवचरण राजवंशी, भक्त रोक्का, लक्ष्मी कुमार सरदार, अर्जुन भट्टराई तुल बहादुर गोले, संजय शर्मा रहेका छन् । सल्लाहकारहरुमा कृष्ण बहादुर वि.क, देवेन्द्र थापा रहेका छन् ।

अध्यक्ष दुलालले चालकहरुको हकहितमा काम गरेर अगाडी बढने बताए । चालक पेशालाई नेपाल सरकारबाट गर्ने व्यावहार र कानुनी झन्झटबाट कसरी उन्मुक्ती र सही न्याय,सेवा सुविधा कसरी पाउने ग्यारेन्टी गर्ने त्यसतर्फ अगाडी बढने उनले बताए । सम्पूर्ण निजि क्षेत्रमा कार्यरत चालक,सहचालकहरुलाई एकताबद्ध बनाए अगाडी बढने उनको भनाई छ ।

सम्बन्धित समाचार

सक्षम जनशक्तिलाई अब राहत होइन, श्रम र रोजगारी

काठमाडाैं, २८ वैशाख-उपत्यका नगरपालिका फोरमले सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउन संघीय सरकारलाई सहयाेग गर्ने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरूको साझा संस्था नगरपालिका फोरमको बैठकले यस्तो...

तेस्रो लहरको चेतावनी दिँदै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयले भन्यो- पूर्वाधार तयारी अवस्थामा राख्नु

काठमाडौं, ७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर...

एसइइ कप : मोरङ र सुनसरीका पाँच स्कुल विजय

विराटनगर । विराटनगरमा जारी एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् ।विराटनगरको सहिद मैदानमा शनिबार भएको खेलमा वीरेन्द्र मावि, दिल्ली पब्लिक, सुनसरी किस्टल, जनता मावि र आर्दश...

विनोद चौधरीले जिते कोरोना

काठमाडौं, २० भदौ-उद्योगी विनोद चौधरी कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त भएका छन् । उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन् । उनले शनिबार बेलुका ट्विटरमार्फत १० दिनको एकतान्तवासपछि आफू संक्रमणमुक्त...

सुम्निमा स्कुलका २५ जना विद्यार्थी दिक्षित, दिनभरी मनोञ्जन कार्यक्रम

विराटनगर । विराटनगर – ११ मा रहेको सुम्निमा बोर्डिङ स्कुलमा अध्ययरत २५ जना विद्यार्थी दिक्षित भएका छन् ।स्कुलले शनिबार एक भव्य कार्यक्रम आयोजना गरी प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको...

गुट बलियो बनाउने सिटौला रणनीति

काठमाडौं, चैत ४–महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू आ–आफ्नो गुट बलियो बनाउने रणनीतिमा लागेका छन् । २०७७ सालको फागुन पहिलो हप्ता १४ औं महाधिवेशन गर्न कार्यतालिकासमेत सार्वजनिक गरिसकेको कांग्रेसभित्र मुख्य गरी सभापति...

तराईका जिल्लामा कोरोना संक्रमित बढेपछि बारामा कडाइ

काठमाडौं, ३० वैशाख-जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा निशेधाज्ञालाई थप कडाइ गरेको छ । पर्साको वीरगंज बारा र तराईका जिल्लामा देखिएको कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रशासनले लकडाउनलाई थप कडाइ गर्ने जानकारी दिएको हो...

मोरङमा निषेधाज्ञामा थप कडाई, मजदुर तथा कर्मचारीलाई उद्योगमै राख्नुपर्ने (सुचनासहित)

विराटनगर, १ जेठ । नयाँ भेरियन्टको कोरोना महामारीको बेलामा उद्योग धन्दा संचालन गर्नुपर्ने भए उद्योगी व्यवसायीहरुले मजदुर तथा कर्मचारीहरुलाई उद्योगमै राख्नुपर्ने भएको छ । तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कार्यस्थल परिसरभित्रै बस्ने प्रबन्ध मिलाउनु पर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्