पाल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो

 न्यूज विराट
पाल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो

बुटवल, ८ असार-बुटवलबाट रिडितर्फ जाँदै गरेका ४ वटा सवारीसाधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ । घटनास्थलमै २ र १ जनाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

पहिरोमा ४ वटा सवारीसाधन पुरिएपछि अहिले प्रहरी, स्थानीयवासी, नेपाली सेना उद्धारमा खटिएका छन् । पहिरोमा लु १ क १९२८ ट्याङ्कर, लु २ ख १३७६ मिनि ट्रक, लु १ च ७०११ अल्टो कार (ट्याक्सी) लु २ त ७०४३ पिक अप जिप (कुखुरा बोक्ने) पुरिएका हुन् ।

ठूलो पहिरो भएका कारण अहिले पनि सुरक्षाकर्मी र स्थानियको सहयोगमा थप मानविय क्षति भएनभएको बारे खोजी भइरहेको पाण्डेले बताए । आइतबारदेखि परेको अविरल बर्षाका कारण तानेसेन-भैरवस्थान सडकखण्डको बीचमा रहेको सम्मोबारीमा पहिरो खसेको थियो ।

बिहानैदेखि पहिरो खुलाउने काम भइरहँदा बुटवलबाट गएका त्यी सवारीसाधन पहिरो नजिकै रोकिएका थिए । सोही क्रममा पुनः पहिरो खस्दा सवारीसाधन पुरिएका हुन् । घटनास्थल पाल्पाको तानसेन बजारदेखि ५ किलोमिटर टाढा तम्घास जाने बाटोमा पर्छ ।

सम्बन्धित समाचार

सीएनआई एक्स्पोको तयारी तिब्र, मेलामा सगरमाथादेखि केचनासम्म हेर्न पाइने

विराटनगर । विराटनगरमा माघ १९ गतेदेखि सुरू हुने सीएनआई कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सवैभन्दा होचो स्थान केचना कवल हेर्न पाइने भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को...

एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

राँझा, २७ कात्तिक-पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाई भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ ।...

सीमा नाका बन्द गर्ने निर्णय रोक्न सर्वोच्चद्वारा अस्वीकार

नेपाली नागरिकलाई समेत स्वदेश फर्कन नमिल्ने गरी सीमा नाका बन्द तथा अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको...

६ वर्षदेखि फरार डाँका मुद्दाका अभियुक्त समातिए

जनकपुर, २८ जेठ-६ वर्षदेखि फरार रहेका डाँका मुद्दाका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरूङगा नगरपालिका ८ का ३२ वर्षीय अनिलकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक...

मोरङमा ४५ सहित प्रदेश मा ९५ संक्रमित थपिए

विराटनगर, १४ भदौ–प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज...

मेडिकल सामग्री खरिदका लागि सेनाले पठायो ५ देशलाई पत्र

नेपाली सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको छ । कोरोना भाइरस (कोभिड- १९)को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री सेनालाई खरिद गर्ने जिम्मा दिएको १० दिनपछि सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको...

यौन दुर्व्यवहारको आरोपमा गैसस महासंघ मोरङ अध्यक्ष राजेन्द्र ढकाल पक्राउ

विराटनगर, १५ भदौ । यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्षसमेत रहेका विराटनगर–१२ का ५५ वर्षीय राजेन्द्र ढकाललाई मोरङ प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो...

जन्मसिद्धका सन्तानलाई नागरिकता दिन माग राख्दै विराटनगरमा प्रर्दशन

विराटनगर । नागरिकता संशोधन विधेयक पारित गरिनुपर्ने माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । उनीहरुले नागरिक विधेयक पारित गरी जन्मसिद्धका सन्तानालाई नागरिकता दिनुपर्ने माग राख्दै विराटनगरमा आइतबार प्रर्दशन गरेका हुन् ।नेपालको संविधानले २०७२ सालअघि नेपालको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्