जन्मसिद्धका सन्तानलाई नागरिकता दिन माग राख्दै विराटनगरमा प्रर्दशन

 न्यूज विराट
जन्मसिद्धका सन्तानलाई नागरिकता दिन माग राख्दै विराटनगरमा प्रर्दशन

विराटनगर । नागरिकता संशोधन विधेयक पारित गरिनुपर्ने माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । उनीहरुले नागरिक विधेयक पारित गरी जन्मसिद्धका सन्तानालाई नागरिकता दिनुपर्ने माग राख्दै विराटनगरमा आइतबार प्रर्दशन गरेका हुन् ।
नेपालको संविधानले २०७२ सालअघि नेपालको नागरिकता लिएका बुबा र आमाका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ । उनीहरूलाई कानुन नभएको भन्दै राज्यले अनागरिक बनाएको छ । उनीहरु जस्तै लाखौं नेपाली युवालाई नागरिकता लिने बाटो खोल्ने गरी संसद्ले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको छ ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक गएको साउन २९ मा फिर्ता पठाइदिएकी थिइन् । संसदका दुबै सदनले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार फिर्ता पठाएको विधेयक संसदले जस्ताको तस्तै दोस्रोपटक पनि पारित गरेको थियो ।
उक्त नागरिकता विधेयकमा जन्मसिद्धका आधारमा नागरिकता पाएका आमाबुवाका सन्तानलाई नागरिकता दिने, गैरआवासीय नेपालीलाई पनि राजनीतिक अधिकारबिनाको नागरिकता दिनेलगायत विषय समेटिएका थिए । प्रतिनिधिसभाले भदौ २ मा दोस्रो पटक नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित गरेको थियो । राष्ट्रिय सभाले पनि पारित गरेर दोस्रो पटक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुगेको विधेयक भण्डारीले रोकेकी थिइन् । दोस्रोपटक प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । यद्यपि त्यो विधेयक राष्ट्रपतिले रोकेर राखेकी थिइन् ।
अहिले नयाँ राष्ट्रपति र नयाँ संसद् आइसकेको बेलामा पनि यो विधेयकले किनारा पाएको छैन । चुनावका मुखमा गरिएका वाचा बिर्सेर दलहरुले पनि यसबारे अभूतपुर्व मौनता साँधेका छन् ।
विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ जाने बाटोको एउटा कुनामा ५० जनाभन्दा बढी युवाहरु शुक्रबारदेखि आफूहरुले नागरिकता पाउनुपर्ने मागसहित धर्नामा बसेका छन् । उनीहरुको नेतृत्व गर्दै नागरिकता पीडित संघर्ष समितिका संयोजक इन्द्रजीत साफी पनि धर्नारत छन् । ‘नागरिकता पीडित संघर्ष समिति’ को कालो टिसर्ट लगाएर विराटनगरको भतभती पोल्ने घाममा दर्जनौं तन्नेरी नेपाली हुनुको पहिचान राज्यसँग मागिरहेका छन् ।

सम्बन्धित समाचार

बुढिगंगा गाउँपलिकालाई राहत सामग्री हस्तान्तरण

विराटनगर, चैत २१–नेपाल कम्य्निष्ट पार्टी(नेकपा) बुढिगंगा गाउँ कमिटीले गाउँपलिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । नेपाल सरकारले जारी गरेको लक डाउनका कारण दैनिक ज्यालादारी काम गर्दै आएका परिवारलाई हात मुख जोर्न समस्या पर्दै गएपछी स्थानीय...

प्रदेश २ मा मन्त्री यादवले लगाए कोरोनाविरुद्धको पहिलो खोप

प्रदेश २ मा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन् । बुधबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा मन्त्री यादवले कोरोनाविरुद्धको खोप लगाएर अभियानको सुरुवात गरेका हुन् । कोरोनाविरुद्धको खोपले साइड इफेक्ट नगर्ने...

धरौटीमा छुटेलगत्तै व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ

काठमाडौं, १८ वैशाख-स्वास्थ्य सामग्री कालो बजारी गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् । कालो बजारीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी अग्रवाललाई प्रहरीले छुटेलगत्तै पक्राउ गरेको...

ज्वरो बढेपछि कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौं, ३१ भदौ-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका कोइराला ज्वरो बढेपछि मंगलबार राति ८ बजे अस्पताल भर्ना भएका हुन् ।  डा.कोइरालाको उपचारका अस्पतालका मेडिकल...

गौतमबुद्ध कप क्रिकेट : टिम नारायणीको विजयी सुरुआत

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी सुरुआत गरेको छ । बागमती टिमलाई सुपरओभरमा पराजित गर्दै नारायणीले विजयी सुरुआत गरेको हो...

अफगानिस्तानबाट भाग्न जहाजको पांग्रामा झुण्डिएका दुई जना खसे

तालिबान लडाकुले अफगानस्तिान कब्जा गरेसँगै काबुलस्थित हमिद कारजाई विमानस्थलको स्थिति भयावह भएको छ । विमानस्थलमा कुनै सिस्टमबिना जहाज चढ्नेहरूको भिड बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमान चढ्न नपाएपछि पांग्रामा झुण्डिएका दुई जना खसेको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र...

विराटनगरमा २७ सहित प्रदेश १ मा २६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

होलीलाई मर्यादित बनाउन मोरङ प्रहरी सक्रिय

विराटनगर। मोरङ प्रहरीले होलीमा सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । होलीको अवसरमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको हो । होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप कसिलो बनाइएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्