राशिफल

सीएनआई एक्स्पोको तयारी तिब्र, मेलामा सगरमाथादेखि केचनासम्म हेर्न पाइने

 न्यूज विराट
सीएनआई एक्स्पोको तयारी तिब्र, मेलामा सगरमाथादेखि केचनासम्म हेर्न पाइने

विराटनगर । विराटनगरमा माघ १९ गतेदेखि सुरू हुने सीएनआई कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सवैभन्दा होचो स्थान केचना कवल हेर्न पाइने भएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा सुरू हुन लागेको एक्स्पोमा प्रदेश १ को भौगोलिक, जातीय र साँस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्ताहरुलाई जानकारी दिने उदेश्यले यस्तो देखाउन लागिएको हो । त्यसका लागि एक्स्पो स्थलमा संरचना निर्माणको काम सुरु भएको छ ।

हिमालदेखि पहाड हुँदै तराईको भू–बनोटलाई एक्स्पोका दर्शकहरुले हेर्ने र त्यसबाट नेपालको भौगोलिकदेखि साँस्कृतिक सम्पन्नताबारे ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।
एक्स्पो विराटनगर–२ शंकरपुरमा लाग्दैछ । अहिले तयारी तिब्र भइरहेको छ । एक्स्पो स्थलमा आवश्यक संरचना जडान र निर्माणको काम जारी रहेको छ ।
ऐतिहाँसिक रुपमा आयोजना हुन लागेको एक्स्पोमा अवलोकनकर्ताहरुको मनोरञ्जनका लागि कोसी नदीमाथिको सेल्फी पुल, थारु र झाँगडको परम्परागत घरहरु जस्ता संरचना पनि निर्माण गर्न सुरु गरिएको छ ।
एक्स्पोमा नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुति दिने भएको एक्स्पो आयोजक समितिका संयोजक राजेन्द्र राठीले बताए ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...