सीमा नाका बन्द गर्ने निर्णय रोक्न सर्वोच्चद्वारा अस्वीकार - News Birat

सीमा नाका बन्द गर्ने निर्णय रोक्न सर्वोच्चद्वारा अस्वीकार

न्यूज विराट

नेपाली नागरिकलाई समेत स्वदेश फर्कन नमिल्ने गरी सीमा नाका बन्द तथा अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले रिटको प्रारम्भिक सुनुवाई गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश शाहीको एकल इजलासले स्वदेश फर्कन चाहने नागरिकलाई समेत असर पर्ने गरी सीमा र उडान बन्द गर्नुको कारण पनि सरकारसँ माग गरेको छ ।

नेपाली नागरिकलाई समेत स्वदेश फर्कन नमिल्ने गरी सीमा र उडान बन्द गरिएको भन्दै अधिवक्ता माधव बस्नेत र मीना खड्काले चैत १० गते रिट दायर गरेका थिए ।गोरखापत्र दैनिकबाट

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles