क्वारेन्टाइनमा बसेर घर फर्किएका युवकको मृत्यु

 न्यूज विराट
क्वारेन्टाइनमा बसेर घर फर्किएका युवकको मृत्यु

डडेल्धुरा, ५ असार-भारतको बैङ्लोरबाट घर फर्किएका दार्चुलाको मार्मा गाउँपालिका-३ का एक युवकको मृत्यु भएको छ । कैलालीसँग जोडिएको गौरीफण्टा नाका भएर २९ जेठमा मार्माको लटिनाथ पुगेका २१ वर्षीय युवकको बिहीबार बेलुकी मृत्यु भएको मार्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चक्रसिह धामीले जानकारी दिए ।

मानसिकरूपमा अस्वस्थ रहेका युवकलाई एक दिन मात्रै लटिनाथ मावि रस्कोटको क्वारेन्टाइनमा राखिएको थियो । धनगढी र लटिनाथमा गरिएको आरडीटीमा उनको नतिजा रिपोर्ट नेगेटिभ आएको थियो । परिवारले उपचार गरिदिने भन्दै घर लगेका युवकमा ज्वरो बढ्दै गएको थियो ।

मृतक युवकमा कोरोना संक्रमणको आशंका गरिएको छ भने उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको स्वास्थ्य संयोजक धामीले बताए ।

सम्बन्धित समाचार

अदालतले जे निर्णय गर्छ त्यो मान्छौंः देउवा

काठमाडौं, १३ पुस-प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमबिरुद्ध एक्लै आन्दोलन गर्ने भएको छ । संसद विघटनको बिरोधमा काँग्रेसले सोमबार देशव्यापी प्रदर्शन गरेको थियो । सोही क्रममा भक्तपुरको प्रदर्शनलाई सम्बोधन गर्दै...

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।  भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन । मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार  उडान भएको नेपाल वायुसेवा...

घरेलु तथा साना उद्योगीहरुद्धारा सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग

विराटनगर, बैशाख २१-मोरङका घरेलु साना उद्योगीहरुले सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा प्रदेश १ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई विभिन्न १३...

मोरङ कारागारमा बन्दीको शंकास्पद मृत्यु प्रकरण, चार सदस्यीय छानविन समिति गठन

विराटनगर । मोरङ जिल्ला कारागारमा एक जना बन्दीको शंकास्पद मृत्यु भएको घटनामा छानविन समिति गठन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार यादवको नेतृत्वमा चार सदस्यीय छानविन समिति बुधबार गठन भएको हो ।...

कपनबाट डेढ लाख थान मास्क बरामद

काठमाडौं, चैत २–प्रहरीले काठमाडौंको कपन क्षेत्रबाट १ लाख ५० हजार थानभन्दा बढी मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसरका डीएसपी होवीन्द्र बोगटीका अनुसार कालो बजारीका लागि स्टक गरिएका डेढ लाखभन्दा बढी मास्क बरामद गरिएको...

कृष्णदासको थुनछेक बहस आज सकिएन

विराटनगर, पुस १३–अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरी उपरको थुनछेक बहस भोलिलाई सारिएको छ । आज कार्यालय समय सम्म थुनछेक वहस नसकिएपछि गिरीलाई लगाइएको अभियोग उपरको थुनछेक भोली सम्मकालागि सारिएको सुनसरी जिल्ला अदालतले जनाएको छ...

बैंक लुट्ने क्रममा झडप, २५ जनाको मृत्यु

एजेन्सी, १६ कात्तिक । ब्राजिलमा कम्तीमा २५ जना बैंक लुटेरालाई गोली हानी मारिएको छ। आइतबार प्रहरी र लुटेराबीच भएको छुट्टाछुट्टै झडपमा परि कम्तीमा २५ जना लुटेरा मारिएका हुन्। माइनस गेरेइस प्रान्तको भर्गिन्हा शहरमा लुटेराहरुको समुह...

सबै सुरक्षा अंग ‘हाई अलर्ट’मा

कोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन् ।सरकारले कोरोना संक्रमित बिरामी फेला परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्