अदालतले जे निर्णय गर्छ त्यो मान्छौंः देउवा - News Birat

अदालतले जे निर्णय गर्छ त्यो मान्छौंः देउवा

न्यूज विराट

काठमाडौं, १३ पुस-प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमबिरुद्ध एक्लै आन्दोलन गर्ने भएको छ । संसद विघटनको बिरोधमा काँग्रेसले सोमबार देशव्यापी प्रदर्शन गरेको थियो । सोही क्रममा भक्तपुरको प्रदर्शनलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले अदालतको फैसला नआउँदासम्म सरकारको अप्रजातान्त्रिक कदमबिरुद्ध एक्लै आन्दोलन गर्ने बताए । अदालतले गर्ने फैसलालाई काँग्रेसले स्वीकारेर अघि बढ्ने उनको भनाई थियो ।

‘अदालतले जे निर्णय गर्छ त्यो मान्छौं’ सभापति देउवाले भने, हामी अदालतको फैसला मान्ने पार्टी हौं । त्यसैले हामी अदालतलाई धम्क्याउने, तर्साउने काम गर्दैनौं । आफूले भने बमोजिमको फैसला आएन भने पनि विरोध गर्दैनौं ।’ देउवाले पञ्चायतकालमा समेत न्यायालयले स्वतन्त्र रुपमा काम गरेकाले अदालतको स्वतन्त्र भूमिकामा कांग्रेसको विश्वास रहेको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles