कृष्णदासको थुनछेक बहस आज सकिएन

 न्यूज विराट
कृष्णदासको थुनछेक बहस आज सकिएन

विराटनगर, पुस १३–अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरी उपरको थुनछेक बहस भोलिलाई सारिएको छ । आज कार्यालय समय सम्म थुनछेक वहस नसकिएपछि गिरीलाई लगाइएको अभियोग उपरको थुनछेक भोली सम्मकालागि सारिएको सुनसरी जिल्ला अदालतले जनाएको छ । श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार प्रतिवादी तर्फका अधिवक्ताहरुको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दा भोलि कार्यालय समयसँगै अघि बढाइने श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

श्रेष्तेदार पोखरेलका अनुसार कार्यालय समय सकिएकाले बार र बेन्चको सहमतिमा बाँकी थुनछेक भोलिका लागि सारिएको हो । बिहान ११ बजेबाट सुरु थुनछेकमा पीडित महिला तर्फका अधिवक्ताहरुको बयान भने सकिएको छ ।  जिल्ला सरकारी वकिल कार्यालय इनरुवाका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला सहित ८ जनाको बहस सकिएपछि प्रतिवादी गिरी तर्फका अधिवक्ताहरुको बहस सुरु भएको थियो । प्रतिवादी गिरी तर्फका ६ जना वकिल मध्ये तीन जनाले बहस सकेका छन् ।

अधिवक्ताहरु मोहन कोइराला, रुपेश कोइराला र दीपक खतिवडाको बहस भने बाँकी रहेको छ । वकालतनामा दर्ता भएका मध्ये तीन जनाको मात्र बहस बाँकी रहेकाले भोलि अपरान्ह सम्ममा अदालतको फैसला आउन सक्ने अनुमान गरिएको छ । थुनछेक बहस गरेका वादी तर्फका अधिवक्ताहरुले अडियो भ्वाइस प्रमाणित हुनुनै गिरीकालागि पूर्पक्ष्यमा पठाउने पर्याप्त आधार भएको बताएका छन् । भोला बराल मार्फत गिरी र अनुयायी बिच भएको टेलिफोन कुराकानीलाई स्वयं बरालले समेत स्विकार गरेको र गिरीका केही बयान बाझिएकाले समेत उनीमाथि लागेको अभियोग पुष्टि हुने पर्याप्त आधार रहेको उनीहरुको भनाई छ ।

गिरीतर्फका अधिवक्ताहरुले भने अभियोग प्रमाणित हुने आधारहरु नरहेको प्रतिकृया जनाएका छन् । भोलिलाई बाँकी रहेको थुनछेक सकिएपछि अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरीको सवालमा सुनसरी जिल्ला अदालतले सादा तारिक, धरौटी वा पुर्पक्ष्यका लागि कारागार चलान मध्ये कुनै एक फैसला गर्न सक्ने छ । अभियोग प्रमाणित भएमा गिरीलाई ७ देखि १० वर्ष सम्म जेल सजाय हुन सक्ने छ । गिरीको मुद्दा सुनसरी जिल्ला अदालतका मूख्य न्यायाधिश राधाकृष्ण उप्रेतीको एक नम्वर इजलासमा परेको छ ।

सम्बन्धित समाचार

गाँजा कारोबारीको सञ्जाल तोड्दै प्रहरी, मोरङको जहदाबाट ३८ केजी गाँजा बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा धमाधम बरामद गर्न थालेको छ । एकपछि अर्को गर्दै अवैध गाँजा इप्रका रानीले पक्राउ गर्न थालेको हो । शनिबार दिउँसो पनि मोरङ जहदा गाउँपालिका – ३...

मोरङमा टिपरको आतंक, नेता चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा. प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको आज घटनास्थलमै मृत्यु...

कोशी प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशक ामुख्यमन्त्री उद्धव थापाले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राज्यमन्त्रीमा नियुक्त भएका मण्डलले...

प्रचण्डलाई काम गर्न नदिएर विवाद निम्तिएको होः सांसद मण्डल

विराटनगर, साउन १६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले कार्यकारी अध्यक्षलाई काम गर्न नदिएकाले पार्टी भित्र विवाद निम्तीको बताएका छन् । प्रचण्ड पक्षिय नेतासमेत रहेका सांसद मण्डलले एक टेलिभिजनसँगको अन्तरवार्तामा प्रचण्डलाई...

निजी पेट्रोल पम्पलाई हप्तामा १ पटक मात्र आपूर्ति

काठमाडौं, ४ वैशाख-लकडाउनका कारण पेट्रोलियम पदार्थको कारोबार घटेपछि नेपाल आयल निगमले निजी क्षेत्रका बिक्रेतालाई हप्तामा १ पटक मात्र आपूर्तिको व्यवस्था गर्ने भएको छ । पेट्रोलियम पदार्थको कारोबार जम्मा ३० प्रतिशतमा झरेपछि सहकारी तथा सरकारी क्षेत्रबाट...

उपत्यकामा आज ११०७ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ मंसिर-काठमाडौं उपत्यकामा शुक्रबार १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

अहिले चलिरहेका परीक्षाहरु रोकिँदैन: त्रिभूवन विश्वविद्यालय

काठमाडौं, २६ पुस । त्रिभुवन विश्वविद्यालयले अहिले चलिरहेका परीक्षाहरु नरोकिने बताएको छ । त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीले हाल भइरहेको परीक्षा नरोकिने जानकारी दिए । ‘अहिले भइरहेको परीक्षा रोकिँदैन । स्नातक चौथो वर्ष लगायतको परीक्षा अन्तिम...

पार्टी फुटाएर समाजवाद आउँदैन : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर समाजवाद नआउने टिप्पणी गरेका छन् । आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने ओलीको भनाइ थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्