बैंक लुट्ने क्रममा झडप, २५ जनाको मृत्यु

 न्यूज विराट
बैंक लुट्ने क्रममा झडप, २५ जनाको मृत्यु

एजेन्सी, १६ कात्तिक । ब्राजिलमा कम्तीमा २५ जना बैंक लुटेरालाई गोली हानी मारिएको छ। आइतबार प्रहरी र लुटेराबीच भएको छुट्टाछुट्टै झडपमा परि कम्तीमा २५ जना लुटेरा मारिएका हुन्।

माइनस गेरेइस प्रान्तको भर्गिन्हा शहरमा लुटेराहरुको समुह आइतबार बैंक लुट्न गएको बेलो झडप भएको प्रहरीले जनाएको छ।

ठुलो संख्यामा खटिएको ब्राजिल प्रहरीले पहिलो झडपमा १८ लुटेरा र दोस्रो झडपमा कम्तीमा ७ लुटेरा मारिएको प्रान्तीय प्रहरी प्रवक्ता लायला ब्रुन्नेलाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग बताएकी छन्।

आरोपितहरूलाई रियो द जेनेरियो सहरबाट करिब ३४५ किलोमिटर उत्तरपश्चिममा पर्ने भर्जिनहा सहरका दुई फार्महाउसमा मारिएको स्थानीय पत्रिका ओ टेम्पोलाई उदृत गर्दै द गार्जिएनले जनाएको छ। सो मिसनमा सहभागी संघीय सरकारअन्तर्गतको प्रहरीले आरोपितहरूसँग विष्फोटक पदार्थ, बुलेटप्रुफ भेस्ट तथा ५०–क्यालिबर मेसिन गनजस्ता अत्याधुनिक हतियार रहेको बताएको छ।

उनीहरूबाट राइफल, ग्रिनेड तथा चोरीका गाडीहरू बरामद गरेको पनि प्रहरीले जनाएको छ। यस्ता समूहले बैंक लुटेपछि प्रहरीबाट बच्नका लागि चोरी गरेका गाडीहरूमा आगजनी गरेर सडक अवरुद्ध गर्ने गरेको पनि प्रहरीले बताएको छ।

ब्राजिलमा गत अगस्ट तथा सन् २०२० को डिसेम्बरमा पनि हतियारधारी समूहले बैंकमा आक्रमण गरेका थिए। प्रहरीले आइतबार मारिएका आरोपितहरूले स्थानीय बैंकहरू लुट्ने भावी योजना बनाइरहेको बताएको छ। मारिएका आरोपितहरूको पहिचान भने खुलाइएको छैन।

उनीहरू विगतमा बैंक लुट्ने समूह हुन सक्ने पनि प्रहरीले बताएको छ। ब्राजिलमा विशेष योजना बनाएर अत्याधुनिक हतियारसहित बैंक लुट्ने घटना बढ्दो छ।

सम्बन्धित समाचार

विराटनगरमा गठबन्धनका नागेशको फराकिलो मतअन्तर

विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार नागेश कोइरालाले मतअन्तर बढाउँदै लगेका छन् । सुरुदेखिनै अग्रता कायम गरेका कोइरालाले लगातार मतअन्तर बढाउँदै लगेका हुन् । सोमबार साँझ साढे ७ बजेसम्मको मत परिणाम अनुसार...

सहकारीको नाममा मिटरब्याजको धन्दा !

विराटनगर । विराटनगरमा सहकारीको नाममा लगानी गरेर मिटरब्याज धन्दा चलाउने गरेको पाइएको छ । अचल सम्पत्ति सहकारीको नाममा धितो राखेर व्यक्तिगतरुपमा करोडौं लगानी गर्ने र मिटरब्याज असुलीको धन्दा चलाउने काममा सक्रिय रहेको गुनासो मंगलबार सार्वजनिक भएको...

न्यायाधीश छाडेर प्रचण्डको महान्यायाधिवक्ता बनेका वैद्य एमिकस क्यूरीमा

काठमाडौं, २ असार । सर्वोच्च अदालतलाई ‘तटस्थ राय’ दिन झिकाइएका ‘अदालतको साथी’ अर्थात् ‘एमिकस क्यूरी’ नै विवादमा परेको छ । नेपाल बार एशोसियसनले एमिकस क्यूरीमा पठाउने निर्णय गरेका वरिष्ठ अधिवक्ता राघवलाल वैद्य रिट निवेदक समेत...

खोप लगाउन १५ माघपछि चार दिन विद्यालय खोल्ने सरकारकाे निर्णय

काठमाडौं, ५ माघ । सरकारले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले खोप अभियानका लागि...

‘क्वालिटी’ आइसक्रिम पार्लर विराटनगरमा

विराटनगर । दुबईको प्रख्यात ‘क्वालिटी’ आइसक्रिम पार्लर अब विराटनगरमा पनि उपलब्ध भएको छ। ५० वर्षको लामो इतिहास बोकेको यो विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड पहिलोपटक कोशी प्रदेशमा विराटनगरको सेन्ट्रल मलमा सञ्चालनमा आएको हो।सन इन्टरनेशनल इनकर्पोरेटेड प्रालि...

जनता समाजवादीको दल दर्ता रोक्न निर्वाचन आयोगमा निवेदन

काठमाडौं, १४ वैशाख-नवगठित जनता समाजवादी पार्टीको दल दर्ता रोक्नका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । संविधानविपरीत दल दर्ता पक्रिया भएकाले रोक्नका लागि राष्ट्रिय युवा संघका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन पेस...

संघीयता पछि स्वास्थ्य क्षेत्रमा आएको परिवर्तन

गोपाल प्रसाद पोखरेलविराटनगर । कोशी प्रदेशमा आर्यूवेदीक स्वास्थ्य केन्द्रको अवस्था संघीयताको आवागमनसँगै कोशी प्रदेशका जिल्लाहरुमा स्वास्थ्य क्षेत्रको अवस्थामा आमूल परिवर्तनको महशुस भएको छ । घरदैलो सम्मै सेवाको पहुँच पुर्याउन संघीय , प्रदेश र स्थानीय सरकार...

साइबर अपराधअन्तर्गत कारबाही माग्दै रूपा सुनारले दिइन् ९ अनलाइनविरुद्ध उजुरी

सञ्चारकर्मी रूपा सुनारले विभिन्न अनलाइनहरूविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । उनले आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै ९ वटा अनलाइनविरुद्ध उजुरी दिएकी हुन् । काठमाडौंको बबरमहलमा कोठा खाज्ने क्रममा घरबेटीले जातीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्