महाकाली सन्धीले कालोपानी गुमाएको हैन : विष्णु पौडेल

 न्यूज विराट
महाकाली सन्धीले कालोपानी गुमाएको हैन : विष्णु पौडेल

काठमाडौं, ३१ जेठ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले महाकाली सन्धीको बचाउ गरेका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धीमा प्रयोग भएका शब्दहरुको गलत अर्थ लगाइएको उनले बताए ।

महाकाली नदीको अधिकांश भाग सीमाना भनेर सुगौली सन्धीभन्दा झन राष्ट्रघाती महाकाली सन्धी भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएको अभिव्यक्तिको खण्डन गर्दै पौडेलले त्यहाँ प्रयोग भएको शब्दको गलत प्रयोग भएको बताए । उनले भने ‘महाकाली सन्धीका बेलामा जुन खालको पदावलिको प्रयोग भएको छ । महाकाली नदिको अधिकांश भाग सीमा भनेर जसरी शब्द प्रयोग भएको छ । महाकाली नदिपूर्व भारतको भूभाग हो भन्ने होइन् महाकाली पश्चिम पनि नेपालको भूभाग छ भन्ने अंकित गर्दछ भन्ने हो । यसमा कुनै पनि प्रकारको दुविधा राख्नुहुदैन । त्यहाँ उल्लेख भएको कुरा अन्यथा अर्थ लगाउनु वान्छनिय हुँदैन् ।’

महासचिव पौडेलले नयाँ नक्सा जारी गरी संविधान संशोधन गर्ने नेपालको निर्णय कुनै पनि देशका विरुद्ध नभएको बताए । भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ताको पक्षमा उभिदा छिमेकीहरुको दिल दुःख्छ भन्ने लघुतावासमा नअल्झिन उनले आग्रह गरे ।

सम्बन्धित समाचार

एमाले महानगरको अधिवेशन आज : कोइराला र गिरीको समूह चुनावी मैदानमा

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन आजदेखि सुरू हुँदैछ । एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले उक्त अधिवेशन उद्घाटन गर्नेछन् । अधिवेशन नजिकिएसँगै आकांक्षीहरू चुनावी तयारीमा जुटेका छन् । संस्थापन पक्षबाट वर्तमान...

राजमार्गमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए ।...

रोटरीले हस्तान्तरण गर्यो १० हजार थान मास्क

विराटनगर, ११ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरका विभिन्न संस्थालाई स्वास्थ्य सुरक्षाका लागि लगाइने मास्क हस्तान्तरण गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँगको सहकार्यका काम...

भव्य कार्यक्रम गरी मनायो गौतमबुद्ध स्कुलले वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध स्कुलले ४२ औं वार्षिकोत्सव तथा तेस्रो फनफिस्टा विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको उद्घाटन विराटनगर...

अमेरिकी राष्ट्रपति भएपछि पुटिनसँग बाइडेनको पहिलो फोन संवाद

एजेन्सी, १४ माघ । अमेरिकी राष्ट्रपति भएपछि जो बाइडेनले पहिलो पटक आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेका छन् । बीबीसीका अनुसार सो संवादमा बाइडेनले पुटिनलाई चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएको ह्वाइट हाउसले जनाएको...

महिला जागृतीसमूह विराटनगरद्वारा होलिमिलन कार्यक्रम

विराटनगर, ७ चैत । हिन्दुहरूको महत्वपूर्ण चाड होलीको अवसरमा महिला जागृतीसमूह विराटनगरले होलिमिलन कार्यक्रम आयोजना गरेको छ । शनिबार विराटनगर स्थित होटल ह्यारीसनमा होली मिलन समारोह आयोजना गरेको हो । कार्यक्रममा महिला जागृती समूहकी अध्यक्ष...

दिपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । दिपेन्द्र ऐरीको उत्कृष्ट इनिङको मद्दतमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । ओमानले दिएकाे १३६ रनकाे लक्ष्य नेपालले १९. ३ ओभरमा ४ विकेट गुमाएर हासिल गरेकाे हाे । नेपालले चार...

सांसदलाई पुग्यो कोरोना किट, जनताले अझै पाएनन्

काठमाडौं, २६ वैशाख-नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ सय १ पुगेको छ । यो क्रम बढ्दो छ । सरकार कोरोना परीक्षणको दर बढाउनुको साटो झन् ढिलाइ गरिरहेको छ । कोरोना परीक्षणको किटको अभावका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्