महिला जागृतीसमूह विराटनगरद्वारा होलिमिलन कार्यक्रम - News Birat

महिला जागृतीसमूह विराटनगरद्वारा होलिमिलन कार्यक्रम

न्यूज विराट

विराटनगर, ७ चैत । हिन्दुहरूको महत्वपूर्ण चाड होलीको अवसरमा महिला जागृतीसमूह विराटनगरले होलिमिलन कार्यक्रम आयोजना गरेको छ । शनिबार विराटनगर स्थित होटल ह्यारीसनमा होली मिलन समारोह आयोजना गरेको हो ।

कार्यक्रममा महिला जागृती समूहकी अध्यक्ष दिलासा दाहालले एउटै टोलमा वसेर पनि आआफ्नो व्यस्थताका कारण भेटघाट नहुने भएकाले भेटघाट र आपसी सद्भाव कायम राख्न होली मिलन समारोह आयोजना गरिएको बताइन् ।

कार्यक्रममा खुल्ला डान्स, ब्लाष्ट फ्लावर, होली क्वीन, स्पोर क्वीन, म्युजिकल चियरलगायतका इभेन्टहरू समावेश गरिएको थियो । कार्यक्रमको व्यवस्थापन गंगा खतिवडा (शाह),देविता विश्वास, सितल बाहेतीलगायतले गरेका थिए । केहि वर्ष यता महिला जागृती समूहले होली, तीजलगायतका चाडहरूमा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles