सुरक्षाकर्मी जोखिमकाबीच कर्तव्यपथमा, ५३ जनामा कोरोना संक्रमण

 न्यूज विराट
सुरक्षाकर्मी जोखिमकाबीच कर्तव्यपथमा, ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ जेठ-मुलुकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरू कर्तव्यपालना सक्रिय छन् ।

सङ्क्रमण रोक्न मुलुकमा ७७ दिनदेखि जारी बन्दाबन्दीको आदेश कार्यान्वयन गर्दै नागरिकको शान्तिसुरक्षामा अहोरात्र खटिएको नेपाल प्रहरी बढी प्रभावित हुन पुगेको छ । कार्यस्थलमा मानिससँग प्रत्यक्ष साक्षात्कार हुने हुँदा नेपाल प्रहरी बढी जोखिममा छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही जोखिमका बीच उच्च मनोबलका साथ शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा सरकारको आदेश पालना गर्दै सङ्क्रमण फैलनबाट रोक्न सुरक्षाकर्मी कार्यस्थलमा खटिएको बताउँछन् । अझै पनि सबै प्रहरीले न्यूनतम व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री प्राप्त गर्न सकेको छैन । अभावका बीच प्रहरीले आफ्नो भूमिकालाई कमी हुन दिएको छैन ।

नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले पनि सरकारले तोकेको जिम्मेवारीलाई अग्रभागमा बसेर कर्तव्यपालना गरिरहेको छ । मुलुकमा अहिलेसम्म कूल तीन हजार ४ सय ४८ जनामा कोभिड-१९ देखिएकामा कर्तव्य निर्वाह गर्ने क्रममा सुरक्षा निकायका ५३ जनामा कोभिड-१९ सङ्क्रमण भएको छ । यसमा सबैभन्दा बढी ३३ जना नेपाल प्रहरीका छन् । नेपाली सेनाका १४ मध्ये सातजना विदेशमा सङ्क्रमित भएका हुन् । सशस्त्र प्रहरीका पाँच र राष्ट्रिय अनुसन्धान विभागका एकजनामा कोभिड-१९ पुष्टि भएको छ ।

प्राप्त विवरणअनुसार नेपाल प्रहरीका ३३ मध्ये १४ जना निको भएर होम क्वारेन्टिनमा फर्किसकेको र १९ जनाको उपचार जारी छ । जसमा चारजना उपत्यकाका छन् । प्रहरीका प्रवक्ता शाही मापदण्ड बनाएर आवश्यक सुरक्षा सावधानी अपनाइए पनि केही कर्मचारीमा सङ्क्रमण देखिएको बताउँछन् । उनका अनुसार अग्रभागमा खटिने प्रहरीलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीर्ई) तथा अन्य स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

सुरक्षा मापदण्ड अपनाइएको बताए पनि प्रहरीले पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्री प्राप्त गर्न सकेका छैनन् । उनीहरूले चाहेर पनि सामाजिक दूरी कायम गर्न सकेका छैनन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड-१९ को सङ्क्रमण रोक्न कूल ४६ हजार प्रहरी परिचालन गरेका छ । थप १० हजार सुरक्षा फौज जुनसुकै समयमा पनि परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राखिएको छ ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले केहीमा सङ्क्रमण देखिए पनि मनोबल उच्च पारेर सशस्त्र प्रहरीले काम गरिरहेको बताए । उनका अनुसार ५ सशस्त्र प्रहरीमा कोभिड-१९ देखिएकामा ४ जना निको भएर फर्किसकेका छन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्वदेश र विदेशमा गरेर १४ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । काठमाडौंबाहिर सातजना सङ्क्रमित रहेको तथा दक्षिण सुडानमा ३, अफ्रिकामा २ र मालीमा २ जना सङ्क्रमित भएको पाण्डेले जानकारी दिए ।

सुरक्षाकर्मी आम सुमदायसँग नियमित रूपमा जोडिन पुग्ने भएकाले उनीहरूबाट नागरिकमा सर्ने सम्भावना अधिक हुन्छ । मानिसको भीडभाड रोक्नुपर्ने हुँदा उनीहरूलाई सामाजिक दूरी कायम गर्न पनि हम्मेहम्मे हुन्छ । जस्तोसुकै परिस्थितिमा पनि उपलब्ध स्रोतसाधनबीच सुरक्षाकर्मीले सरकारको आदेश पालनासँगै आफ्नो कर्तव्य पूरा गरिरहेका छन् ।

सुरक्षा निकायले सङ्क्रमण फैलनबाट रोक्न आवश्यक क्वारेन्टिनको तयार पारेर घर बिदाबाट आएकालाई राख्ने गरेको छ । उनीहरूले आ-आफ्नै कोभिड-१९ मापदण्ड कार्यान्वयनमा ल्याएका छन् । सरकारले आदेश जारी गरेको बन्दाबन्दी कार्यान्वयनमा सडक तथा सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ ।

नेपाली सेना स्वाथ्योपचारलगायतका सरकारले तोकेका अन्य क्रियाकलापमा सहभागी भइरहेको छ । हरेक विषयमा अग्रभागमा रहने सुरक्षाकर्मीसामु अहिलेको विषम परिस्थितिमा कोभिड-१९ को सङ्क्रमण रोकथाममा पनि अहम् भूमिका हुन्छ । रासस 

सम्बन्धित समाचार

मन्त्री कार्कीद्वारा मोरङको मावा, बक्राहा र चिसाङ कटान निरीक्षण

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुरक्षा अधिकारीको टोलीले धार परिवर्तन गरी बस्तीतर्फ पस्ने खतरा भएका नदीखोलाको निरीक्षण गरेका छन् । मन्त्री कार्कीको नेतृत्वमा मोरङको मावा, बक्राहा र...

चरेस सेवन गर्ने तीन जना विराटनगरमा पक्राउ

विराटनगर, माघ २४–नेपाल र भारतको सिमा क्षेत्रमा अवैध लागूऔषध चरेस सेवन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१४ स्थित सिमा क्षेत्रबाट लागुऔषध चरेस सेवन गरिरहेको अवस्थामा प्रहरीले तीन जनलाई पक्राउ गरेको हो ।...

कोशी अस्पतालको भवन निर्माणमा भ्रष्टाचार

विराटनगर । प्रदेश १ कै नमूनाका रूपमा सुविधासम्पन्न बन्दै गएको सरकारी स्वामित्वको कोशी अस्पतालमा आर्थिक अनियमितताका घटना बाहिरन थालेका छन् । कोशी अस्पतालमा पछिल्लो समय नयाँ–नयाँ संरचना निर्माणकार्य सञ्चालन हुन थालेसँगै भ्रष्टाचारले चरम रूप लिन पुगेको हो ।...

विराटनगरमा तेस्रो नेवा : महोत्सव माघ ६ र ७ गते हुने, २० वटा स्टलमा खानाको परिकार रहने

विराटनगर । विराटनगरमा तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो । विराटनगरमा...

हिन्दु राष्ट्र र राजसंस्था मान्नेसँग मात्र एकता गर्ने राप्रपा निर्णय

काठमाडौं, पुस १३–कमल थापा नेतृत्वको राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रप्रति प्रतिवद्धता जनाएर पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)लाई एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । राप्रपाको केन्द्रीय पदाधिकारी र कार्य सम्पादन...

जन्मसिद्धका सन्तानलाई नागरिकता दिन माग राख्दै विराटनगरमा प्रर्दशन

विराटनगर । नागरिकता संशोधन विधेयक पारित गरिनुपर्ने माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । उनीहरुले नागरिक विधेयक पारित गरी जन्मसिद्धका सन्तानालाई नागरिकता दिनुपर्ने माग राख्दै विराटनगरमा आइतबार प्रर्दशन गरेका हुन् ।नेपालको संविधानले २०७२ सालअघि नेपालको...

नेप्से ५० अंकले बढ्दा १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित

शेयरबजारमा साताको पहिलो दिन आइतबार नै नेप्से सूचक ५० अंकको उछाल आउँदा एकै दिन १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित बनेका छन् । हरियाली बनेको बजारले सो कम्पनीको शेयरमूल्य बढाउँदा लगानीकर्ता खुसी भएका हुन् ।...

सुनसरीका पत्रकारको नेबेलले ५० प्रतिशत छुटमा उपचार गर्ने

विराटनगर, जेठ २२–इटहरी रसुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो। प्रेस युनियन सुनसरीका सभापति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्