हिन्दु राष्ट्र र राजसंस्था मान्नेसँग मात्र एकता गर्ने राप्रपा निर्णय

 न्यूज विराट
हिन्दु राष्ट्र र राजसंस्था मान्नेसँग मात्र एकता गर्ने राप्रपा निर्णय

काठमाडौं, पुस १३–कमल थापा नेतृत्वको राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रप्रति प्रतिवद्धता जनाएर पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)लाई एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । राप्रपाको केन्द्रीय पदाधिकारी र कार्य सम्पादन समितिको बैठकले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको उपनिर्वाचनमा बलियो संगठन नभएका कारण हार व्यहोरेको निष्कर्षसमेत निकालेको छ । बैठकले २७ पुसको राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनसमेत माग गरेको छ ।

राप्रपाले यस विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने र संसदमा पनि आवाज उठाउने भएको छ । राप्रपाले सो दिन केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा भव्य रूपमा पृथ्वी जयन्ती मनाउने निर्णय गरेको छ । राप्रपाले विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सहायता सम्झौता प्रस्ताव तत्काल संसदबाट पारित गर्न माग पनि गरेको छ । नेपालले लाभ लिन सक्ने सम्झौता भन्दै यसलाई पारित गर्न ढिलाइ गरिनु आश्चर्यजनक भन्दै राप्रपाले चालू संसद अधिवेशनमै एमसीसी अनुमोदन गर्न माग गरेको छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्