चरेस सेवन गर्ने तीन जना विराटनगरमा पक्राउ

 न्यूज विराट
चरेस सेवन गर्ने तीन जना विराटनगरमा पक्राउ

विराटनगर, माघ २४–नेपाल र भारतको सिमा क्षेत्रमा अवैध लागूऔषध चरेस सेवन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१४ स्थित सिमा क्षेत्रबाट लागुऔषध चरेस सेवन गरिरहेको अवस्थामा प्रहरीले तीन जनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगरका २६ वर्षीय दिपक सहनी, ४२ वर्षीय राम यादब र ५५ वर्षीय मुस्तफीर मिया रहेको मोरङ प्रहरीले जनाएको छ । दिपक सहनीको कोठामा चरेश सेवन गरिरहेको अवस्थामा १ सय ग्राम चरेशसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको छ । यस्तै उदयपुरको त्रियुगा नगरपालिका– १३ बाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १२ का विकास कटवाल र त्रियुगा नगरपालिका ११ का २५ वर्षीय सुवास धमलालाई स्टागन ४ एम्पुल, मरफियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल, लोरी ४ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College