खुकुरी प्रहारबाट १ जनाको मृत्यु

 न्यूज विराट
खुकुरी प्रहारबाट १ जनाको मृत्यु

विराटनगर, २५ जेठ-खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान स्थानीय ३६ वर्षीय शुभराज राईले सोही ठाउँका ६५ वर्षीय डिल्लीराज राई र उनकी श्रीमती ६२ वर्षीया सममाया राईलाई खुकुरीले प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई घाईते अवस्थामा फेला पारेको थियो ।

घाईते दुबै जनालाई उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौ पठाउने तयारी हुँदै गर्दा डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घाईते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्धारा काठमाडौं पठाईएको छ भने खुकुरी प्रहार गर्ने शुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट

जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गएराति १ समूहले कुटपिट गरेको छ । सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतका अनुसार कुटपिटबाट वडाध्यक्ष नेपाली घाइते भएका छन् । कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र...

वायु प्रदुषण मापन मेशिन जडान

विराटनगर, १४ साउन–प्रदेश नं.१ को विराटनगरमा पहिलो पटक वायु प्रदुषण मापनको डिस्पले स्थाना गरिएको छ । खास गरी वायुमा हुने प्रदुषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन साबधानी अपनाउ यो डिस्प्लेले मद्दत गर्ने भनिएको...

विराटनगर महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला,...

साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण

विराटनगर, माघ १५–मोरङको सुनवर्षी नगरपालिकाका २ साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाको भेडुवा थान स्थित विपि सेवा केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच सुनवर्षी–५ टकुवा र ९ नं. डायनियाँको साना...

उद्योगी व्यवसायीको आन्दोलन तत्काल स्थगित, अर्थमन्त्रीले बोलाए बार्तामा

विराटनगर । बैंकको चर्को ब्याजदर विरुद्ध निरन्तर आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीहरूले तत्काल आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले ब्याज दर वृद्धिविरुद्ध आन्दोलनमा रहेका विराटनगरका व्यवसायीलाई वार्ताका लागि बोलाएपछि तत्कालको लागि...

लिड्समाथि लेस्टर सिटीको प्रभावशाली जीत

एजेन्सी, १८ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिड्स युनाइटेडमाथि प्रभावशाली जीत हात पारेको छ । लिड्सको मैदानमा भएको खेलमा लेस्टर सिटी लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको...

अध्यक्षद्वयकाे प्रस्तावमाथि छलफल जारी

काठमाडौं, २६ भदौ-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा केहीबेर बसेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । झण्डै डेढ महिनाअघि स्थगित बैठक अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बिहिबार...

स्वर्गीय डीएसपीद्वय केसी र खरेललाई वीरता पदक

काठमाडौं, ३ असोज । संविधान दिवसका दिन सरकारले कोभिड–१९ का कारण ज्यान गुमाएका डीएसपीद्वय राजकुमार केसी र समीरचन्द्र खरेललाई वीरता पदक दिने घोषणा गरिएको छ । केसी र खरेलले गत जेठमा कोरोना संक्रमणका कारण नेपाल प्रहरी अस्पतालमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्