काठमाडौं, १४ जेठ-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्ताव संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सम्भावित कार्यसूचीबाट हाटाइएको विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार बेलुका एक विज्ञप्ति जारी गर्दै प्रस्ताव हटाइएको विषयमा दलको ध्यान गम्भीरतापूर्वक आकर्षित भएको जनाएका छन् ।
संविधान जस्तो विषयमा सरकार प्रतिपक्ष र सिंदमा रहेका दलहरू एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्ने लाग्नुभन्दा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाउने कार्यलाई उनले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् ।
उनले कांग्रेस संसदीय दल यस्तो प्रवृत्तिको निन्दा गर्ने भन्दै गम्भीर राष्ट्रिय एकताको भावनाका साथ संशोधनको प्रस्ताव अगाडि बढाउन सरकारलाई आग्रह गरेका छन् ।