१९ पदक जित्ने कोशीका तेक्वान्दो खेलाडीलाई सम्मान

 न्यूज विराट
१९ पदक जित्ने कोशीका तेक्वान्दो खेलाडीलाई सम्मान

विराटनगर । कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघले पदक जित्ने तेक्वान्दोका खेलाडीहरुलाई सम्मान गरेको छ ।
भारतको हैदरावादमा सम्पन्न भएको ७ औं दीक्षण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा कोशी प्रदेशबाट छनौट भएर पदक ल्याउने खेलाडीहरुलाई सम्मान गरेको हो ।

विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी ७ स्वर्ण पदक, ६ रजत र ६ कास्य पदक गरी १९ वटा पदक जित्ने तेक्वान्दोका खेलाडीहरुलाई सम्मान गरिएको नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले जानकारी दिए ।

अगस्ट ६ तारिकमा सम्पन्न भएको ७ औं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा कोशी प्रदेशबाट छनौट भई नेपालको प्रतिनिधित्व गर्दै १० जना खेलाडीहरू सहभागि भएका थिए । जसमध्ये मोरङबाट कुसुम राजवंशीले एक्ल स्पाइरिङ्ग ५२–५८ के.जी. तील समूहको विद्यामा स्वर्ण पदक र गु्रप स्पाइरिङ्ग विद्यामा स्वर्ण पदक गरी जम्मा २ स्वर्ण पदक दिलाएकी थिइन् । त्यस्तै मोरङकै सविना मगरले एक्लै स्पारिङ्ग ४०–४६ के.जी. तौल समूहको विद्यामा स्वर्ण पदक र रातो पेटी एक्ल प्याटन विद्यामा रजत पदक गरी जम्मा २ पदक दिलाएकी थिइन् । त्यस्तै मोरङकै सोम बहादुर राजवंशीले एक्ल स्पाइरिङ्ग ४७–५२ के.जी. तौल समूहको विद्यामा स्वर्ण पदक र रातो पेटी एक्ल प्याटन विद्यामा रजत पदक गरी जम्मा २ पदक दिलाउन सफल भएका थिए । मोरङकै केरिषा आचार्यले ग्रुप स्पाइरिङ्ग विद्यामा स्वर्ण पदक, एक्लै स्पाइरिङ्ग ५८– ६४ के.जी. तौल समूहको विद्यामा रजत पदक र कालो पेटी दोस्रो डान एक्लै प्याटन विद्यामा रजत गरी जम्मा ३ पदक दिलाएकी थिइन् । मोरङकै नितेश खवास एक्ल स्पाइरिङ्ग ५८– ६४ के.जी. तौल समूहको विद्यामा कास्य पदक र ग्रुप स्पाइरिङ्ग विद्यामा कास्य पदक गरी जम्मा २ पदक दिलाएका थिए ।

त्यसैगरी झापका रोशन मगरले एक्ल स्पाइरिङ्ग ७८– ८५ के.जी. तौल समूहको विद्यामा स्वर्ण पदक र ग्रुप स्पाइरिङ्ग विद्यामा कास्य पदक गरी जम्मा २ पदक दिलाएका थिए । झापाकै श्याम प्रसाद बासकोटाले एक्लै स्पाइरिङ्ग ५२–५८ के.जी. तौल समूहमा कास्य पदक दिलाउन सफल भएका थिए । त्यसैगरी भोजपुरका विर बहादुर तामाङले एक्लै स्पाइरिङ्ग ७८–८५ के.जी. तौल समूहको विद्यामा कास्य पदक दिलाएका थिए । भोजपुरकै सजिना तामाङले ग्रुप स्पाइरिङ्ग विद्यामा स्वर्ण पदक, एक्लै स्पाइरिङ्ग ५२–५८ के.जी. तौल समूह विद्यामा रजत पदक र रातो पेटी एक्ल प्याटन विद्यामा कास्य पदक गरी जम्मा ३ वटा पदक दिलाउन सफल भएकी थिइन् । त्यसैगरी पाँचथरका आलोक राईले एक्ल स्पाइरिङ्ग ४५–५१ के. जी. तौल समूह विद्यामा रजत पदक दिलाउन सफल भएका थिए । नेपालका तर्फबाट मोरङका राजेन्द्र धिमाल र झापाका चन्द्र बहादुर तामाङले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

पदक ल्याउने खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिब हंशराज वाग्ले, नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले सम्मान गरेका थिए । कार्यक्रममा नेपाल आइटिएफ तेक्वान्दोका केन्द्रीय सदस्य चर्तुलाल चौधरी, कोशी प्रदेश तेक्वान्दो संघको उपाध्यक्ष राजेन्द्र धिमाल, सचिब नविन तामाङ्ग, सदस्य प्रलात राउत, कार्यक्रम संयोजक दिपेन थापा, विराटनगर ३ का वडाअध्यक्ष बासु बस्नेत, ११ का तिथेन्द्र न्यौपाने, १४ का सर्यु नारयण महतो, १९ का वडाअध्यक्ष श्याम घिमिरेलगायतको उपस्थीति रहेको थियो ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्