राशिफल

मोरङको धनपालथानमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय गाउँपालिका कमिटी गठन

 न्यूज विराट
मोरङको धनपालथानमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय गाउँपालिका कमिटी गठन

विराटनगर, ११ पुस । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाज मोरङले जिल्लाका सवै १७ वटै स्थानीयतहमा संगठन सुदृढिकरण अभियान तीब्र बनाएको हो ।

अभियान अन्तर्गत मोरङको धनपालथान गाउँपालिकामा सम्पन्न भेलाले ७ वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

नेकपा (एमाले) मोरङका सचिवालय सदस्य तथा मुक्ति समाज मोरङका इन्चार्ज जितनारायण सरदारको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले श्रवण सरदारको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

सम्मेलन आयोजक कमिटीको उपाध्यक्षमा सदानन्द पासवान, सचिवमा कविता पासवान, सह–सचिवमा हरिलाल ऋषिदेव र कोषाध्यक्षमा उषादेवी पासवान चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।

कमिटीको सदस्यहरुमा आशादेवी सरदार, सञ्जुदेवी सरदार, बिक्रम पासवान, बिक्रम ऋषिदेव, रितादेवी ऋषिदेव, लच्छोदेवी सरदार, शिवप्रसाद पासवान, सहदेव सफी, पनियाँदेवी सरदार, जुवावत्तिदेवी सरदार, चमेली सरदारलगायत रहेका छन् । भेलाले चयन गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाज मोरङका अध्यक्ष विश्वकर्माले गरेका थिए ।

नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई मुक्ति समाज मोरङका इन्चार्ज जितनारायण सरदारले शपथग्रहण गराएका थिए । भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) मोरङका सचिवालय सदस्य समेत रहेका सरदारले सिंगो दलित समुदायको अधिकारका लागि राजनीतिकरुपमा सम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए ।

उनले ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए ।

कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्य तथा मोरङका सह–इन्चार्ज भद्रमान विश्वकर्मा, केन्द्रीय सदस्य दिपेन्द्र पासवान, नेकपा (एमाले) धनपालथान गाउँपालिका कमिटी अध्यक्ष महेश्वर यादव, सचिव अशोक साह, सह–सचिव राधा पासवान लगायतले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै धनपालथान गाउँपालिकाका सवै दलित समुदायलाई मुक्ति समाजमा संगठित गर्न निर्देशन दिए ।

उनीहरुले एमाले मात्र देश र जनताका लागि काम गर्ने पार्टी भएकाले अब हुने तीनै तहको निर्बाचनमा एमालेलाई जिताउनुपर्ने बताए । नेताहरुले एमालेकै नेतृत्वमा समृद्ध नेपाल शुखि नेपालीको नारा साकार बन्ने दावी गरे । उनीहरुले नवगठित कमिटीलाई शुभकामना दिँदैसवै वडामा वडा कमिटी विस्तार गर्न निर्देशन दिए । कार्यक्रममा धनपालथान गाउँपालिकाको ७ वटै वडाबाट सयौँको संख्यामा दलित समुदायको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...