६ लाख नेपालीको कोरोना परीक्षण गर्छौं : प्रधानमन्त्री

 न्यूज विराट
६ लाख नेपालीको कोरोना परीक्षण गर्छौं : प्रधानमन्त्री

काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना भाइरस (कोभिड-१९) संक्रमण भए/नभएको परीक्षण गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै कम्तीमा जनसंख्याको २ प्रतिशत अर्थात् ६ लाख नेपालीको पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गरिने जनाएका हुन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र विज्ञहरूले पनि ३ प्रतिशत जनसंख्यामा कोरोना भाइरस संक्रमण परीक्षण गर्नको लागि आग्रह गरेकोमा प्रधानमन्त्रीले ओलीले २ प्रतिशत जनतामा कोरोना भाइरस परीक्षण गरिने बताएका हुन् ।

उनले कोरोना नियन्त्रणमा अन्य देशको तुलनामा नेपाल अघि रहेको दाबी गरेका छन् । नेपालमा कोरोना संक्रमित २ महिनेदेखि ८१ वर्षीय वृद्धसम्मले कोरोना भाइरसलाई जितेर घर फर्किनु नै नेपालको लागि सफलता भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले १ प्रयोगशालाबाट सुरु गरिएको परीक्षण अहिले २० माथि पुर्‍याएको बताए ।

सम्बन्धित समाचार

अनुशासन नभएका ब्यक्ति खेल क्षेत्रमा नबस्नुस् : केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका ब्यत्तिलिाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र ईमान्दारिता हुनु पर्ने बताएका हुन् ।  कुनै ओहदामा भएर...

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन् ।राष्ट्रियसभा सदस्यको लागि खिमलाललाई प्रदेशसभाका १०५ मध्ये ५८  र स्थानीय तहबाट १२८ मत प्राप्त गरे  निकटतम प्रतिद्धन्द्धी रामबहादुर थापाले प्रदेशसभा तर्फ ...

‘लक डाउन’ उल्लंघन गर्ने ८८ सवारी साधन नियन्त्रणमा

सरकारले ‘लक डाउन’ सुरु गरेको आज तेस्रो मोरङ प्रहरीले ८८ वटा विभिन्न सवारी साधा नियन्त्रणमा लिएको छ ।बुधबार लक डाउन उल्लंघन गर्ने २ सय बढी सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरीले बिहिबार अपराहन्न सम्म ८८...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : जोगवनीलाई हराउँदै एनबीएससी विराटनगर सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर सेमिफाइनलमा...

९ महिनापछि खुल्दै नयाँ चालक अनुमतिपत्रको परीक्षा

काठमाडौं, १५ पुस-नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो । यातायात...

उपत्यकामा आज १२२९ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ मंसिर-गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय २९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज काठमाडौंमा ९ सय ६५, ललितपुरमा १ सय ८९ र भक्तपुरमा ७५ जनामा कोरोना पोजिटिभ...

स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित एक पक्राउ

विराटनगर । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ बाट स्रोत नखुलेको लाखौं रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैयाँसहित २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो । उनी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्