
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा ८० हजार ७ सय २६, ललितपुरमा ११ हजार ७ सय ७४ र भक्तपुरमा ७ हजार २ सय ६५ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म काठमाडौंमा ३ सय १२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
देशभर बिहीबार ९ हजार ८ सय ५ को पीसीआर गर्दा २ हजार १ सय ३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।