‘लक डाउन’ उल्लंघन गर्ने ८८ सवारी साधन नियन्त्रणमा - News Birat

‘लक डाउन’ उल्लंघन गर्ने ८८ सवारी साधन नियन्त्रणमा

न्यूज विराट

सरकारले ‘लक डाउन’ सुरु गरेको आज तेस्रो मोरङ प्रहरीले ८८ वटा विभिन्न सवारी साधा नियन्त्रणमा लिएको छ ।बुधबार लक डाउन उल्लंघन गर्ने २ सय बढी सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरीले बिहिबार अपराहन्न सम्म ८८ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले लकडाउन उलंघन गर्ने मोरङ जिल्ला भरी सवारी साधन मोटरसाईकल–७०, ट्रयाक्टर–२, सिटी\टेम्पो–५, स्कुटी–२ र साईकल ९ वटा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यायल मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles