बुटवलको कोरोना विशेष अस्पतालबाट एकै दिन १० जना डिस्चार्ज

 न्यूज विराट
बुटवलको कोरोना विशेष अस्पतालबाट एकै दिन १० जना डिस्चार्ज

बुटवल, १० जेठ-बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुर्दशन थापाले कपिलवस्तुका १० जना निको भएर घर फर्केको जानकारी दिए । ‘साँझ मात्र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उहाँहरूको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ’  उनले भने ।

यसअघि रुपन्देहीका १ जना पनि कोरोना विशेष अस्पतालबाट निको भएर घर फर्केका थिए । शुक्रबार मात्र बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट संक्रमण मुक्त भएर २१ जना घर फर्किएका थिए ।

निको भएर घर फर्केका कपिलवस्तुका १० जना नै लकडाउनको समयमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । २ साता अघि कोरोना विशेष अस्पतालमा भर्ना भएका उनीहरूको लगातार २ पटक रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

त्यस्तै, रुपन्देही गैडहवा गाउँपालिकामा आज संक्रमित देखिएका १० जना मध्ये ७ जनालाई बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ । बिहान मात्र गैडहवाका ७ जना र रोहणीका १ जना तथा आजै साँझ गैडहवामा थप ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित समाचार

मोरङको आमतोलामा टयाक्टर दुर्घटना : दुई जनाको मृत्यु , १५ घाईते

विराटनगर । मोरङको रंगेली नगरपालिका – ३ आमतोलामा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज विहान भएको दुर्घटनामा १५ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका...

विराट एक्स्पोमा नगद छुटदेखि विभिन्न उपहारसम्म

विराटनगर, फागुन ४–विराटनगरमा जारी विराट एक्स्पोमा उद्योगी र व्यापारीहरुले नगद छुटदेखि विभिन्न उपहार योजनाहरू ल्याएका छन् । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न बिक्रेताहरूले नगददेखि विभिन्न उपहारहरूको व्यवस्था गरेको बताएका छन् । क्वालिटी थाइफुडका बाबुराम पोखरलेलले स्टलमा...

नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार छु : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार...

तेली समाजद्धारा शिक्षा समिति गठन, संयोजकमा दिपक साह

विराटनगर । तेली कल्याण समाज नेपालले शिक्षा समिति गठन गरेको छ । मोरङको कटहरी गाउँपालिका – २ स्थित गोपाल फनपार्कमा शनिबार भएकको वनभोज कार्यक्रमबाट ईडेनवर्ग कलेजका सञ्चालक सदस्य दिपक साहको संयोजकत्वमा ७ सदस्य ‘शिक्षा समिति’...

मेरिल्याण्ड कलेजमा हाजिरजवाफ प्रतियोगिता

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बा सावित भएको विरानगर –७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कलेज परिसर भित्र आइतबार हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको हो । कक्षा ११, १२ र विविएसका यस अघि...

खेलाडी राष्ट्रको गहना हुनः मुख्यमन्त्री राई

विराटनगर, २० असार । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडी राष्ट्रको गहना रहेको बताउनु भएको छ। प्रदेश नं १ खेलकुद विकास बोर्डद्वारा आज यहाँ आयोजित प्रदेशबाट साफ, एशियन तथा ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई...

२४ घण्टामा थप ४३९२ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ८८ हजार नाघ्यो

काठमाडौं, ३० असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

रुसमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो

मस्को, जेठ १८–रुसमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ४ लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार रुसमा आइतबार दिउँसो सम्ममा रुसमा कुल संक्रमितको संख्या ४ लाख ५ हजार ८ सय ४३ पुगेको हो । रुसमा पछिल्लो २४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्