रुसमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो - News Birat

रुसमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो

न्यूज विराट

मस्को, जेठ १८–रुसमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ४ लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार रुसमा आइतबार दिउँसो सम्ममा रुसमा कुल संक्रमितको संख्या ४ लाख ५ हजार ८ सय ४३ पुगेको हो ।

रुसमा पछिल्लो २४ घण्टाको अवधिमा मात्र ९ हजार २ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । हाल सम्म कोरोना संक्रमणबाट ४ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ । १ लाख ७१ हजार ८ सय ८३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् भने २ लाख २९ हजार २ सय ६७ जना उपचाररत रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles