खेलाडी राष्ट्रको गहना हुनः मुख्यमन्त्री राई

 न्यूज विराट
खेलाडी राष्ट्रको गहना हुनः मुख्यमन्त्री राई

विराटनगर, २० असार । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडी राष्ट्रको गहना रहेको बताउनु भएको छ। प्रदेश नं १ खेलकुद विकास बोर्डद्वारा आज यहाँ आयोजित प्रदेशबाट साफ, एशियन तथा ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई सम्मान गर्दै उहाँले सो विचार व्यक्त्त गर्नु भएको हो ।

मुख्यमन्त्री राईले सरकारले खेलाडीहरुलाई उच्च प्राथमिकता एवं सम्मान दिएको छ भन्दै खेलकुदको माध्यमबाट विश्वमा नेपाललाई चिनाउने कार्यमा खेलाडी सफल भएकोमा खुशी प्रकट गर्नुभयो ।

उहाँले प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा खेलकदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्री राजन राईले प्रदेशमा दक्ष खेलाडी उत्पादनका लागि प्रशिक्षकहरुलाई विशेष तालीम लगायत खेलकुदका विभिन्न कार्यक्रम आयोजना गरेको विचार राख्नु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खेललाई व्यवसायिक रुपमा अगाडि वढाउनु पर्नेमा जोड दिनु भयो । सो अवसरमा प्रदेशबाट विभिन्न समयमा ओलम्पिक खेलमा सहभागी नौ, एशियन खेलमा ३६ र साफमा सहभागी १५० खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

नोबेल मेडिकल कलेज विराटनगर र काठमाण्डौं मेडिकल कलेजले सम्मानित खेलाडीहरुलाइ आगामी पाँच बर्षसम्म निःशुल्क केविन सहित स्वास्थ्य उपचार सेवा उपलव्ध गराउनुका परिवारका सदस्यहरुलाई ५० प्रतिशत छुटमा सेवा दिने सम्झौता भएको जानकारी वोर्डका सदस्य सचिव हंशराज वाग्लेले बताउनु भयो ।

यस अघि मुख्यमन्त्री राई खेलाडीको सम्मानमा कार्यक्रमस्थलसम्म प्रहरी व्याण्ड र खेलाडीहरुका साथमा पैदलयात्रा गर्नु भएको थियो ।

सम्बन्धित समाचार

एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

विराटनगर । नेकपा एमाले र राप्रपाको कोशी प्रदेशसभाको आजको बैठक बहिष्कार गरेपछि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध गरेपछि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको हो ।...

सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल समस्याबारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबिच छलफल

विराटनगर । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबिच छलफल भएको छ...

सर्वेन्द्र, महेश र किसानविरुद्धको मुद्दा सरकारी वकिल कार्यालयमा दर्ता

काठमाडौं, २२ वैशाख-नवगठित दल जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान हुने भएको छ । डा. यादवले दिएको जाहेरी सरकारी वकिल कार्यायल, काठमाडौंले दर्ता गरेपछि अपहरण घटना छानबिन हुने भएको हो ।...

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान,  १९ असोज-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक संक्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो ।  प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका...

लकडाउन वैशाख २५ सम्म थप गर्ने सरकारको निर्णय

सरकारले कोरोना नियन्त्रणका लागि लागू गरेको लकडाउनको अवधि २५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको...

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबलद्वारा विविध कार्यक्रम

विराटनगर, ३१ भदौ । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबल नेपालले देशभरि विभिन्न कार्यक्रम गरेको छ । राउण्ड टेबलले विभिन्न खेलकुदका अतिरिक्त, चित्रकला प्रतियोगितासमेत विद्यार्थी माझ सम्पन्न गरेको छ । दिवसकै अवसरमा विद्यार्थीहरुलाई...

सर्वोच्चकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

काठमाडौं, १० जेठ-सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को ८१ वर्षको उमेरमा निधन भएको छ । उनको ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल उपचारका क्रममा शुक्रबार निधन भएको हो । उनी २०५८ साल वैशाखदेखि २०६३...

नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘नेपाल संवत् ११४२’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्