बुटवल, ७ जेठ-आज पुनः कपिलवस्तु र रुपन्देहीका १३ जनामा कोरोना संक्रमण देखिएको छ । भैरहवाको गुहबाली अनुसन्धान केन्द्रमा गरिएको पीसीआर परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए ।
प्रयोगशाला स्रोतका अनुसार कपिलवस्तुका १२ जना र रुपन्देहीका १ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । यद्यपि, यसबारे स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी दिएको छैन ।
निमित्त प्रमुख गिरीले संक्रमित १३ जनाको स्वास्थ्य मन्त्रालयमा विवरण पठाएको जानाकारी दिए । उनले कपिलवस्तु र रुपन्देहीको स्थान भने स्वासथ्य मन्त्रालयबाटै जारी हुने विज्ञप्तिमा आउने बताए ।