बुहानमा दुई महिनापछि लकडाउन खुल्यो

 न्यूज विराट
बुहानमा दुई महिनापछि लकडाउन खुल्यो

चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको बुहान शहरमा सोमबारदेखि सतर्कतासाथ मानिसको आवागमन शुरु भएको छ ।भाइरस संक्रमण तीब्र रुपमा फैलिएसँगै बुहानमा झण्डै दुई महिनासम्म १ करोड १० लाख मानिस घरभित्रै बसेका थिए ।

स्थानीय सरकारले हुबे प्रान्तको राजधानी बुहानसहित प्रान्तका सबै सानाठूला शहर बजारमा लगाएको प्रतिबन्धहरु खुला गरेको छ । लकडाउन खुल्ला भएपनि शहरमा विगतको तुलनामा मानिसको संख्या भने नगन्य छ ।

सडकमा हिँड्ने र पसलमा आइपुग्ने ग्राहकलाई मास्क लगाएका पसलेहरुले स्वागत गरिरहेका छन् । उनीहरुले प्रत्येक ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिरहेको दृश्य सबैतिर देख्न सकिन्छ ।

गत जनवरी २३ तारिखदेखि बुहानमा लकडाउन गरिएपछि सबै मानिस घरभित्रै बस्न बाध्य भएका थिए । चुहे हान्जी मलमा भेटिएकी केट नाम गरेकी महिलाले भनिन्, “म आज अत्यन्तै खुशी छु, मलाई बेस्सरी कराउन मन लागेको छ आज ।” उनी थप्छिन्, “घरभित्र दुई महिनासम्म थुनिएकोले होला मलाई आज बेस्सरी उफ्रिन मन लागिरहेको छ ।”

कोरोनाभाइरसको संक्रमण रोक्न चीनको केन्द्र सरकारले चिनियाँ उद्योगको प्रमुख केन्द्रका रुपमा रहेको हुबे लकडाउन गरेको थियो । कोरोनाको संक्रमण विश्वभर विस्तार भएर विभिन्न सरकारहरुले ट्राभल र अरु नियन्त्रणका उपायहरु अबलम्बन गरिरहेकै बखत चीन सरकारले बुहान र अरु क्षेत्रमा लगाइएका प्रतिबन्धहरु हटाएको हो ।

लकडाउन हटाएसँगै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीन आफ्नो अर्थतन्त्रलाई जीवन्त तुल्याउने प्रयत्नमा जुटेको छ । यसअघि हुवे प्रान्तका बुहान बाहेकका स्थानीयलाई यात्रा गर्न दिइएको भएपनि प्रान्त छाड्न दिइएको थिएन । बुहान बाहेृक क्षेत्रको लकडाउन मार्च २३ मै हटाइएको थियो । बुहानका बासिन्दामाथिका यात्रा प्रतिबन्ध भने अप्रिल ८ बाट हटाइनेछ ।

गत डिसेम्बरमै उहानमा कोरोनाभाइरस फैलिएको अनुमान गरिएपनि जनवरी १९ मा चीनमा नयाँ वर्षका कार्यक्रमहरु भएका थिए । जनवरी २२ मा अर्को एउटा ठूलो सांगीतिक कार्यक्रम भएको थियो । त्यतिबेलासम्म भाइरसको संक्रमण खतरानाक मोडमा पुगेको नागरिकलाई पत्तै थिएन । अर्को बिहान, स्थानीयबासीले समाचार सुन्नु परेको थियो, बुहान शहरलाई बाँकी विश्वबाट अलग गरिएको छ ।

प्रहरीले राष्ट्रिय राजमार्गका प्रवेशद्वारहरुमा ताला लगाएका थिए । ट्रकहरुलाई मात्र शहरका लागि आवश्यक सामग्री ल्याउन अनुमति दिइएको थियो । बस र सबवे सेवा बन्द गरिएको थियो ।

रेस्टुराँ, पसलहरु, सिनेमा र अरु व्यवसायहरु बन्द गरिए, सडकहरु सुनसान भए । मानिसहरुलाई घरभित्रै बस्न आदेश दिइयो । यी प्रतिबन्धहरु बुहान नजिकका अरु शहरमा पनि लागू गरिए र यो क्रम झण्डै ८० करोड मानिससम्म बिस्तार गरियो, अर्थात् चीनको झण्डै आधाभन्दा बढी जनसंख्या लकडाउनमा गए ।

भाइरसको प्रकृति र यसको नियन्त्रणका लागि व्यापक प्रयास एवं अध्ययन गरिए । एक हजारभन्दा बढी शैया रहेका दुई वटा अस्थायी अस्पतालहरु रातारात बनाइए र अर्को एउटा अस्पताल स्थानीय प्रदर्शन केन्द्रमा स्थापना गरियो । सयौं सैनिक सेवाका चिकित्सक र नर्सहरुलाई उहान खटाइयो ।

राष्ट्रपति सी चिनफिङले मार्च १० तारिखमा पहिलो पटक उहानको भ्रमण गर्नुभयो । अर्को दिन, सरकारले हुबेमाथिको प्रतिबन्धहरु बिस्तारै खुकुलो बनाउन थाल्यो । कतिपय कलकारखाना र अत्यावश्यक ठानिएका अरु व्यवसाय खुला गरियो ।

सोमबार चुहे हान्जी मलमा करिब ७५ प्रतिशत पसलहरु खुलेका छन् । तर, उनीहरुले मानिसको प्रवेशलाई सीमित गरेका छन् । एक पटकमा निश्चित संख्यामा मात्र मानिसलाई यस मलभित्र प्रवेश दिइएको छ । पसलेहरुले हात धुन स्यानिटाइजर्सको व्यवस्था गरेका छन् भने मानिसमा ज्वरो त छैन भनेर जाँच्ने गरिएको छ ।

बस र सबवे शनिबारदेखि पुनः खुलेका छन् भने रेलवे चालू भएको छ । हजारौं मानिसले यी रेल र बसबाट यात्रा गर्न थालिसकेका छन् । बुहानमा कोरोना भाइरसका कारण २ हजार ५४७ जनाको ज्यान गएको थियो । चीनमा आइतबारसम्म मृत्यु भएका ३ हजार १८६ जनामध्ये करिब ८० प्रतिशत उहानकै नागरिक थिए । चीनभर ८१ हजार ४७० जनामा कोरोनाभाइरसको संक्रमण भएको देखिएको थियो ।

बुहानका होटलमा बसेका व्यक्तिमा ज्वरो भए नभएको भन्दै दिनमा कम्तीमा दुई पटक जाँच्ने व्यवस्था गरिएको छ । उनीहरुले स्मार्टफोनमा उपलब्ध एपमा आफूलाई जोड्न भनिएको छ ताकि यात्रासहित निज व्यक्तिको स्वास्थ्य अवस्था र यात्राबारे नियमित अनुगमन गर्न सकियोस् ।

अधिकारीहरुले पाँच वटा होटललाई उहान भ्रमण गर्नेहरुलाई क्वारेन्टाइनमा राख्नका लागि छुट्याएका छन् । यी होटलमा विदेशी नागरिक समेतलाई राखिने छ । होटलका कर्मचारीले होटलमा बस्नेहरु र उनीहरुका सामानलाई डिसइन्फेक्ट गर्नुपर्नेछ । रासस

सम्बन्धित समाचार

काठमाडौं, ९ पुस-विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्दैछ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की पार्टी प्यालेस बबरमहलमा...

अमेरिकी राष्ट्रपति बाइडेनले लगाए म्यानमारका सैनिक नेताहरूलाई प्रतिबन्ध

म्यानमारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो कदम सैनिक...

पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना...

कोरोनाले विदेश जान रोकिएकालाई प्रधानमन्त्री रोजगारमार्फत् जागिर

सरकारले विदेश जान नपाएका नेपालीलाई स्वदेशमै रोजगारी दिन भएको छ ।कोरोना भाइरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पूर्वतयारीका बारेमा जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार...

कोरोना संक्रमित ७ वर्षीय बालकका आफन्तको स्वाब परीक्षण हुँदै

हेटौंडा, ४ जेठ-मकवानपुरको थाहा नगरपालिका घर भएका ७ वर्षीय कोरोना संक्रमित बालकको सम्पर्कमा आएका आफन्तलाई परीक्षण गर्न हेटौंडा ल्याइएको छ । थाहा नगरपालिकाल संक्रमित बालकको घर र मामाघरका गरी ११ जनाको स्वाब संकलन गरी पीसीआर...

राप्रपा अध्यक्षमा लिङदेन विजय

काठमाडौं, मंसिर १९। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनको जित निश्चित भएको छ । मतगणना सकिनु अगावै उहाको जित निश्चित भएको हो । पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार ५० भोट मात्रै...

पोलियो दिवसमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वार सचेतना र्याली

विराटनगर, ९ कात्तिक । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व पोलियो दिवसको अवसरमा विराटनगरमा सचेतना र्याली निकालेको छ । डाउनटाउनले अन्य चारवटा क्लबसहितको आयोजनामा सचेतना र्याली निकालेको हो ।रोटरी भवनबाट सुरु भएको र्याली मेनरोड हुँदै...

आज २२२५ संक्रमित थपिए, २८४६ जना डिस्चार्ज

काठमाडौं, ८ कात्तिक-नेपालमा आज २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्