प्रहरीले बरामद गरेको पदार्थ युरेनियम-२३८ भएको नास्टद्वारा पुष्टि - News Birat

प्रहरीले बरामद गरेको पदार्थ युरेनियम-२३८ भएको नास्टद्वारा पुष्टि

न्यूज विराट

काठमाडौंको बौद्धबाट प्रहरीले बरामद गरेको युरेनियम २३८ भएको पुष्टि भएको छ । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बिहीबार प्रहरीले बरामद गरेको साढे २ किलो पदार्थ युरेनियम नै भएको पुष्टि गरेको हो ।

नास्टले युरेनियम २३८ भएको रिपोर्ट आइतबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई बुझाएको कार्यालय प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरेर साढे २ किलो युरेनियमसहित चार जनालाई सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा रामेछाप, लिखु तामाकोसी– ५ का ४० वर्षीय नारायणसिंह तामाङ, बौद्ध बस्ने ४० वर्षीय जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने छन् ।युरेनियम २३८ बाट युरेनियम २३५ बन्ने गर्छ । यसको मूल्य प्रतिकिलो १८ अर्ब नेपाली रुपैयाँसम्म हुने गरेको प्रहरीको दाबी छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles