कांग्रेस सभापति लिम्बुको पहलमा विद्यार्थीलाई प्राविधिक तालिम

 न्यूज विराट
कांग्रेस सभापति लिम्बुको पहलमा विद्यार्थीलाई प्राविधिक तालिम

विराटनगर, फागुन २२–मोरङको निर्वाचन क्षेत्र नम्बर १ का एकै पटक पन्ध्र सय विद्यार्थीलाई प्राविधिक तालिम दिन शुरु गरिएको छ । क्षेत्र नं १ का विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नेपाल उद्यमी समाज र काइचो ग्रुपको प्राविधिक सहयोगमा कक्षा ९,१०,११ र १२ का विद्यार्थीलाई रोबटिक्स,अर्दिनो र वाटर रकेट निर्माण सम्बन्धी तालिम तालिम दिन थालिएको उद्यमी समाजका अध्यक्ष खगेन्द्र आचार्यले जानकारी दिएका छन् ।

आचार्यले नेपाली कांग्रेसका मोरङ जिल्लाका सभापति डिगबहादुर लिम्बूको पहलमा चारवटा विद्यालयमा प्राविधिक तालिम शुरु गरिएको जानकारी दिए । प्रतिनिधि सभातर्फ मोरङ क्षेत्र नं १ बाट पराजित भएपनि जनताप्रतिको समर्पण र लगावमा कमी आउन नदिन प्राविधिक तालिम दिन शुरु गरिएको लिम्बूले बताएका छन् ।

आचार्यका अनुसार क्षेत्रभरका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जम्मा पारेर तालिम संचालन भइरहेको छ । सभापति लिम्बूको पहलबाट शुरु भएको तालिमबाट करिब एक हजार ५ सय विद्यार्थी लाभान्वित हुने प्रशिक्षक आकृत ढुंगेलले बताए ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College