३ सय आइसोलेसन बेड थप गर्ने प्रदेश २ सरकारको निर्णय

 न्यूज विराट
३ सय आइसोलेसन बेड थप गर्ने प्रदेश २ सरकारको निर्णय

जनकपुर, ७ जेठ-प्रदेश २ मा कोरोना संक्रमितको चाप बढ्न थालेपछि प्रदेश सरकारले ३ सय ५ को आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवं समन्वय समितिको मंगलबार सम्पन्न बैठकले कोरोना संक्रमितको संख्या बढ्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशको विभिन्न स्थानमा ३ सय ५ आइसोलेसन बेड थप्ने निर्णय गरेको हो ।

बैठकले हाल सञ्ंचालनमा रहेको कोरोना अस्पतालको आइसोलेसन बेडका अतिरिक्त सिरहा अस्पतालमा ५० बेड, सिरहा अस्पतालको मातहतमा रहने गरी महेन्द्र गेनाइ अस्पतालमा ३० बेड, गौर अस्पतालको मातहतमा गौर नरसिंह इन्स्टिच्युटमा ३० बेड थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार पोखरिया अस्पताल पर्सामा २५ बेड, भारदह अस्पताल सप्तरीमा ५० बेड, मलंगवा अस्पतालको मातहतमा अन्त अल्पमाई रामनारायणयादव नर्सिङ कलेजमा २५ बेड, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको मातहतमा साइकृष्ण मेडिकलमा ५० बेड र बर्दीवास अस्पतालमा ५० बेड थप गर्ने निर्णय पनि भएको छ ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए, ९१ जना डिस्चार्ज

विराटनगर, ८ मंसिर–प्रदेश १ मा सोमबार २ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा चार, इलाम, उदयपुर र धनकुटामा तीन÷तीन, तेह्रथुम र भोजपुरमा...

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं, १२ असार-काठमाडौं उपत्यकासहित देशकमा विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का विभिन्न स्थानमा वषा भइरहेको हो । हाल...

प्रदेश १ :संक्रमण बढी भएका स्थानमा आइसोलेसन बृद्धि गरिने

विराटनगर, ३ भदौ-प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आईसोलेसन केन्द्र थप गरिने भएको छ । कोभिड १९ संक्रमण नियन्त्रणका संवन्धमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा बुधबार बसेको बैठकले संक्रमण बढी देखिएका स्थानमा...

सरकारसँग ऋण लिएर आयल निगमले आईओसीलाई पठायो १३ अर्ब बढी भुक्तानी

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड लिएर जनवरी महिनाको...

कोरोना संक्रमणबाट बिहारका मन्त्रीको निधन

एजेन्सी, ३० असोज-भारतको बिहार सरकारका मन्त्री कपिलदेव कामतको निधन भएको छ । कोरोना भाइरस संक्रमित भएर एक साता अघि पटनाको एम्स अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । पहिले देखि नै मिर्गौलाका...

कोशीका तीन मन्त्रीले पाए जिम्मेवारी : उप्रेतीले वन, राईले अन्तरिक र जवेगुले पूर्वाधार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री कार्कीले करिब एक महिनापछि विनाविभागीय रहेका तीन मन्त्रीहरुलाई आज मन्त्रालयको जिम्मेवारी दिएका हुन् । विनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले...

जिफन्टद्धारा विराटनगर युवा कमिटि गठन : अध्यक्षमा रमेश, उपाध्यक्षमा सृजना

विराटनगर । नेपाल टे«ड युनियन महासंघ जिफन्ट कोशी प्रदेश युवा कमिटिद्धारा युवा भेला आयोजना गरेको छ । विराटनगरस्थित पानचालीमा रहेको पार्टी कार्यालयमा शनिबार प्रथम विराटनगर महानगर कमिटिको युवा भेला आयोजना गरिएको हो । उक्त भेलाले...

तेली कल्याण समाजद्धारा निः शुल्क लोकसेवा तयारी कक्षा सुरू

विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ र नापी पेसाकर्मी समाज मोरङको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी निःशुल्क लोक सेवा तयारी कक्षा सुरु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्