नयाँ वर्ष सुरु हुँदा पनि भेटिएन भित्तेपात्रो

 न्यूज विराट
नयाँ वर्ष सुरु हुँदा पनि भेटिएन भित्तेपात्रो

काठमाडौं, २ वैशाख-कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ सुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन ।

पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसके पनि बन्दाबन्दी शुरु हुनुअघि भित्तेपात्रो बजारमा यथेष्ट मात्रा आइसकेको थिएन ।बजारमा आउन लागेका भित्तेपात्रोलाई पनि कोरोनाको त्रासले प्रभाव पारेको थियो । चीनको वुहानमा पुसमै शुरु भएको कोरोनाको प्रभावसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको थियो ।

चीनमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीलाई स्वदेश ल्याएपछि धेरै नेपालीमा त्रास फैलिएको थियो । यो त्रास र सबै काम अन्तिममा गर्ने हाम्रो बानीका कारण पनि धेरै नेपालीले बजारबाट पात्रो किनेका थिएनन् ।

चैतको मसान्तसम्म किन्ने सोचमा रहेकालाई चैत ११ गतेदेखि नै शुरु भएको बन्दाबन्दी चैत मसान्तसम्म पनि नखुल्दा किन्ने अवसर जुटेन ।कागेश्वरी मनोहरा नगरपालिका–५ का विदुर सापकोटा आफ्नो घरमा पात्रो भए पनि भित्तेपात्रो नहुँदा नयाँ वर्ष आए पनि नआएजस्तो लागेको बताउँछन् । गते, बारलगायत विषय हेर्न प्रयोग गरिने पात्रो भित्तामा नहुँदा हेर्न असहज भएको उनको अनुभव छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले प्रत्येक महिनाको सङ्क्रान्तिका दिन गुरु पुरोहितबाट मास फल सुन्ने गर्छन् । घरमा पात्रो नभएको र बन्दाबन्दीका कारण गुरु पुरोहित आउन नसकेकाले वैशाख सङ्क्रान्तिमा यो परम्परामा समेत प्रभाव पर्‍यो । सौर मासअनुसार वर्षका १२ संक्रान्तिलाई पर्वका रूपमा मनाउने शास्त्रीय विधि छ ।

वैशाख, साउन र माघ महिनाको सङ्क्रान्ति त अझ विशेष मानिन्छ । वैशाखमा सूर्य मेष राशिबाट भ्रमण शुरु गर्ने दिन अर्थात् विक्रम संवत्अनुसार नयाँ वर्ष, साउन सङ्क्रान्तिदेखि दक्षिणायन र माघ सङ्क्रान्तिदेखि उत्तरायण शुरु हुने भएकाले यी तीन सङ्क्रान्तिलाई विशेष रूपमा मनाउने प्रचलन पनि प्राचीनकालदेखि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

वैशाख १ गतेलाई वर्षकै पहिलोका साथै जेठो दिनका रूपमा पनि लिइन्छ । यति महत्व भएको दिन सङ्क्रान्ति फल सुन्न नपाउँदा गोकर्णेश्वर नगरपालिका–६ का ध्रवप्रसाद बराललाई नरमाइलो लाग्यो । घरमा पात्रो नभएको र बन्दाबन्दीका कारण गुरु पुरोहित पनि आउन नसकेका कारण उनले त्यो अवसर गुमाएका हुन् ।

कति नेपालीले भने प्रविधिलाई उपयोग गरेर भए पनि यो अवसरलाई गुम्न दिएनन् । पात्रोमा रहेको मासिक फलको तस्वीर खिची सामाजिक सञ्जालमार्फत् आफन्तबाट मगाएर पनि धेरैले सङ्क्रान्ति फल सुन्न सकिएको सुनाए ।

बन्दाबन्दीले गर्दा यस वर्ष प्रविधिलाई उपयोग गरी मासिक फल सुन्न सकिएको शङ्खरापुर नगरपालिका सुनटोलका रामप्रसाद पौडेलले बताए । भित्तामा झुण्ड्याउने पात्रो नहुँदा उनलाई पनि नयाँ वर्ष आएजस्तो लागेको छैन ।

नेपालमा प्रकाशित भइरहेको पात्रोमध्ये सबैभन्दा पुरानो तोयनाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले सामाजिक सञ्जालमा भित्तेपात्रो तयार भएर घर एवं प्रेसमा थुप्रिए पनि बजारमा पठाउन नसकिएको भन्दै सामाजिक सञ्जालमा दुःख प्रकट गरेका छन् ।

पन्तले चतुर्भज प्रकाशनमार्फत पात्रो, सजिलोका लागि दुईथरि भित्तेपात्रो र गोजीपात्रो पनि प्रकाशन गर्दै आएका छन् ।वि.सं १९४७ मा तोयनाथ पन्तले शुरु गर्नुभएको पात्रोलाई उहाँका चौथो पुस्ताले भित्तेपात्रो, गोजीपात्रोसहित निरन्तरता दिएका हुन् । यस वर्ष तयार भएको भित्तेपात्रो उपभोक्ताका पुर्‍याउन नसकेकामा पन्त परिवारलाई नरमाइलो लागेको छ ।

सामाजिक सञ्जालमार्फत क्षमा माग्दै उनले चिनजानका मानिसलाई आफूले वैशाख महिनाको भित्तेपात्रोको पेज सामाजिक सञ्जालको म्यासेन्जरमार्फत ग्राहकलाई दिएको बताए । पन्तलाई धेरै मानिसले फोन गरी पात्रो पहिले लिए पनि भित्तेपात्रो नपाएकामा गुनासो गरे । फोनबाटै माफी माग्दै बन्दाबन्दी खुल्नेबित्तिकै सेवा उपलब्ध हुने प्रतिबद्धता आफूले जनाएको पनि उनले बताए ।

सूचना विभागबाट प्रकाशन हुने वर्षभरको बिदालगायतको आधिकारिक विवरण हुने भित्तेपात्रो यस वर्ष पाउन नसकिएको धेरै मानिसको गुनासो छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिसँगको सहकार्यमा विभागले तिथि, मिति चाडपर्वलगायतको आधिकारिक जानकारी पनि दिने गरेको छ ।

समितिबाट स्वीकृत भई पात्रो प्रकाशन भएर बजारमा गएपछि त्यसैका आधारमा धेरै सरकारी कार्यालय, सङ्घसंस्था, बैंक, सहकारीलगायत वित्तीय संस्थाले प्रकाशन गर्ने गरेका भित्तेपात्रो पनि यस वर्ष प्रभावित भएका छन् ।

देश सङ्घीयतामा गएसँगै प्रदेश सरकार र स्थानीय तहले पनि भित्तेपात्रो प्रकाशन गर्न थालेका थिए । चैतको अन्तिममा पात्रो एवं भित्तेपात्रो किन्नेले भने यस वर्ष बन्दाबन्दी हुँदा सेवा पाउन सकेनन् । रासस

सम्बन्धित समाचार

गाई र गोरु काटेको अभियोगमा ९ जना पक्राउ

विराटनगर, ५ जेठ-गाई र गोरु काटको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी झापाबाट २ जना र खोटाङबाट ७ जनालाई पक्राउ गरेको हो । झापा दमक बेलडागी–२ भुटानी शरणर्थी शिविरस्थितए घरमा...

यसरी ब्युँतियो विराटनगरमा नेकपा (एमाले) मोरङको पार्टी कार्यालय

विराटनगर, २४ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतालाई बदर गरेसंगै मोरङ जिल्ला कार्यालयमा पूर्वएमालेहरूले नेकपा एमालेको बोर्ड राखेका छन् । विराटनगरको पाञ्चालीमा रहेको पार्टी कार्यालयमा बोर्ड राख्न संस्कृति, पर्यटन तथा...

क्वारेन्टाइनमा सामूहिक बलात्कारका ३ आरोपीमाथि अनुसन्धान शुरु

धनगढी, १ असार-कैलालीको लम्कीमा क्वारेन्टाइनमा रहेकी महिनामाथि सामूहिक बलात्कारको आरोप लागेका तीनै जनामाथि प्रहरीले अनुसन्धान थालेको छ । लम्कीचुहा नगरपालिका-१ मा रहेको शहीद स्मृति माध्यामिक विद्यालयमको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया महिलाले आफूमाथी जबरजस्ती करणी भएको भन्दै...

नेकपा विवाद सचिवालय बैठकमा लैजाने

काठमाडौं, १५ कात्तिक-सत्तारूढ नेकपाभित्र बढ्दै गएको विवाद सचिवालय बैठकबाट टुंगो लगाउने भएको छ । शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सचिवालय बैठक बोलाएर हाल देखिएका समस्याका विषयमा...

आजदेखि विराटनगरमा तीन दिन कोरोना विरुद्धको खोप लगाइदै

विराटनगर, १२ पुस । विराटनगरमा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । सोमबारदेखि आगामी तीन दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । हालसम्म एक पटक पनि खोप नलगाएका नगरवासीहरुलाई लक्षित गरेर महानगरले...

खेर गइरहेको जमिनलाई पर्यटकीय क्षेत्र बनाउन स्थानीय सरकारको चासो

  मोहन भट्टराई शनिश्चरे । आजकाल देशका विभिन्न स्थानमा कृतिम रुपमा ताल, पोखरीहरु निर्माणको क्रम बढेको छ । मानिसहरुको आकर्षण पनि सिमसार क्षेत्रहरुमा बढ्दो छ । पर्यटनको राम्रो संभावना बोकेको पथरीशनिश्चरे नगरपालिकामा आधादर्जन जति सिमसारजन्य...

कोशी अस्पतालमा भर्ना भएका तीनै जनाको रिपोर्ट ‘नेगेटिभ’

विराटनगर, चैत १५–कोरोना भाइरस (कोभिड—१९) को आशंकामा केही दिनअघि विराटनगर स्थित कोशी अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएका तीनैजनाको रिपोर्ट नेगेटिभ आएको छ । कतारबाट एक हप्ता अगाडि नेपाल आएका दुई जना युवा र विराटनगरकी एक...

विराटनगरमा फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता हुँदै

विराटनगर, १५ फागुन । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हने भएको हो । प्रतियोगिताका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्