कालिकोटमा एक हजार बेडको क्वारेन्टाइन निर्माण

 न्यूज विराट
कालिकोटमा एक हजार बेडको क्वारेन्टाइन निर्माण

सुर्खेत, ४ जेठ-कालिकोटमा नौ वटा स्थानीय तहले एक हजार ८४ बेडको क्वारेन्टाइन बनाएका छन् । भारतमा रेल सेवा सुचारु भएपछि रोजागारीका लागि भारत गएका जिल्लामा आउन सक्ने भन्दै क्वारेन्टाइन निर्माण गरेका हुन् ।

जिल्लाका नौ वटा स्थानीय तहहरुमध्ये खाँडाचक्र नगरपालिकाले छ ठाउँमा एक सय २२ बेड, रास्कोट नगरपालिकाले छ ठाउँमा एक सय सात बेड, तिलागुफा नगरपालिकाले १४ ठाउँमा ३ सय ९८ बेडको क्वारेन्टाइन निर्माण गरेका छन् ।

त्यस्तै, पलाँता गाउँपालिकाले ३ ठाउँमा ४० वेड, पचालझरना गाउँपालिकाले चार ठाउँमा ३४ बेड, सान्नी त्रिवेणी गाउँपालिकाले ३ ठाउँमा ५६ बेड, नरहरिनाथ गाउँपालिकाले १३ ठाउँमा एक सय ७५ बेड, शुभकालीका गाउँपालिकाले छ ठाउँमा ९६ बेड र महाबै गाउँपालिकाले चार ठाउँमा ५६ बेडको क्वारेन्टाइन निर्माण गरेका हुन् ।

भारतमा रेल सेवा खुलेको र रोजगारीका लागि भारत गएहरु सीमा आएको खबर आएका कारणले जिल्लामा एक हजार ८४ क्वारेन्टाइन बेड निर्माण भएको जिल्ला स्वास्थ्य सेववा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले बताए ।

यसभन्दा अघि देश तथा विदेशबाट आएका एक हजार एक सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको, पीसीआर र आडीटी विधिबाट कोरोना परीक्षण घरमा पठाइएको महतले बताए । ‘अहिले जिल्लाक विभिन्न स्थानमा ३९ जना क्वारेन्टाइनमा बस्नुभएको छ’ उनले भने । जिल्लामा कोरोना संक्रमण उपचारका लागि १५ वटा आइसोलेसन बेडको निर्माण गरिएको महतले जानकारी दिए ।

सम्बन्धित समाचार

तेली कल्याण समाजद्धारा निः शुल्क लोकसेवा तयारी कक्षा सुरू

विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ र नापी पेसाकर्मी समाज मोरङको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी निःशुल्क लोक सेवा तयारी कक्षा सुरु...

कोशीको प्रदेश सरकार गठन असंवैधानिक भन्दै सर्वोच्चमा मुद्दा : आइतबार १० बजेलाई पेशी तोकियो

विराटनगर । कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमाले संसदीय दलका नेता...

खनाल र नेम्वाङका योजना बाँडफाँट

काठमाडौं, १३ मंसिर-पूर्वप्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन् ।...

मोरङ प्रहरीलाई सफलता, एकै दिन ५९ फरार पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले एकै दिन ५९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । मंगलबार अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।...

तिहार पर्व : मौलिक देउसीभैलो हराउँदै

सुशीला रेग्मी रामपुर (पाल्पा), १९ कात्तिक-तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा...

रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

एजेन्सी, १० माघ । रुसले युक्रेनको सिमानामा एक लाखभन्दा सेना जम्मा गरेपछि उत्पन्न विवादका बीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपका मुलुकमा लडाकु विमान र शिप परिचालन गरेको छ । रुसले युक्रेनमा आक्रमण...

आज थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

काठमाडौं, १ जेठ-नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाकी २० वर्षीया महिला,...

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

एजेन्सी, ५ मंसिर-राष्ट्र बैंकको निर्देशनअनुरुप बैंकहरूले कोरोना प्रभावित ऋणीहरूलाई ऋण नतिरे पनि कालो सूचीमा नराख्ने सहमति गरे पनि कार्यान्वयन भने गरेका छैनन् । कालो सूचीमा नराख्नू भने पनि एक महिनामा नै बैंक तथा वित्तीय संस्थाहरूले ३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्