आज २७३६ जनामा कोरोना, २२ संक्रमितको मृत्यु - News Birat

आज २७३६ जनामा कोरोना, २२ संक्रमितको मृत्यु

न्यूज विराट
काठमाडौं, २५ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६०  पुगेको छ ।

आज ८ सय ५३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले देशभर ३८ हजार ३५ सक्रिय संक्रमित छन् । गएको २४ घण्टामा थप २२ जना स.क्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles