
काठमाडौं, ५ मंसिर-काठमाडौं उपत्यकामा शुक्रबार १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये ८१ हजार ५ सय ८८ जना काठमाडौंका, ७ हजार ३ सय ३६ भक्तपुरका र ११ हजार ९ सय ४८ संक्रमित ललितपुरका हुन् । आज देशरभर १० हजार ३ सय ४० को पीसीआर गर्दा १ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ ।