गाई र गोरु काटेको अभियोगमा ९ जना पक्राउ

 न्यूज विराट
गाई र गोरु काटेको अभियोगमा ९ जना पक्राउ

विराटनगर, ५ जेठ-गाई र गोरु काटको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी झापाबाट २ जना र खोटाङबाट ७ जनालाई पक्राउ गरेको हो ।

झापा दमक बेलडागी–२ भुटानी शरणर्थी शिविरस्थितए घरमा गाई काटिरेहको अवस्थामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलडागी–२ हर्ट नम्बर २९५ सेक्टर नम्बर ‘ए’ का २६ वर्षीय शुनील गुरुङ र बेलडागी–२ हर्ट नम्बर २०८ सेक्टर नम्बर ‘ए३’ का ३२ वर्षीय खगिन्द्र दुलाल रहेका छन् ।

बिहीबार साँझ उनीहरूले गाई काटिरहेको भन्ने स्थानीयले प्रहरीमा खबर गर्नसाथ तत्काल खटिएको प्रहरी टोलीले मासु काटिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

त्यस्तै, खोटाङ हलेसी तुवाचुङ–५ मयांखु स्थितमा गोरु काटिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानमा बस्नेहरू देशबहादुर सार्की, हीरा सार्की, सुभाष सार्की, रवीन सार्की, अमृत सार्की, सीता सार्की र लीलाबहादुर खड्का रहेका छन् ।

बिहीबार साँझ ६ बजे स्थानीयले दिएको सूचनाअनुसार खटिएको प्रहरीले सातै जनालालई गोरू काटिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

नेपाल–भारत रेलवे सम्झौता संशोधन हुँदै, लागत घट्ने भएपछि व्यवसायी उत्साहित

काठमाडौं, २० असार । नेपाल–भारत रेलवे सर्भिस एग्रिमेन्ट संशोधन हुने भएको छ । संसोधन भएपछि नेपाली व्यवसायीले जुनसुकै कार्गो रेलमार्फत भारतबाट सामान ल्याउन पाउँनेछन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले संशोधनको ड्राफ्ट भारत सरकारलाई पठाएको...

टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आईतबार राती करिब ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल...

प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए

विराटनगर, २० साउन–प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७० संक्रमित थपिए

विराटनगर, ४ कात्तिक–प्रदेश १ मा आज आठ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा चार सय ४९, मोरङमा तीन सय ३७, झापामा ३८, इलाममा...

आज ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ कात्तिक-गत २४ घण्टामा नेपालमा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको २० हजार १ सय १८ को पीसीआर गर्दा आज देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना पोजिटिभ...

मोरङको ग्रामथान अध्यक्षमा माओवादीका नमो नारयण माझी निर्वाचित

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारयण माझी निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतले हराउँदै माझी निर्वाचित भएका हुन् । निर्वाचित...

मोरङको डाइनियामा सुन पसल चोरी, भाग्दै गर्दा दुई जना पक्राउ

विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ९ डाइनिया स्थित मोतिचन्द साहको घरमा कोठा भाडामा लिएर बस्ने ब्रिजलाल साह सोनारले सञ्चालन गरेको ‘मनिष ज्वेलर्स’ मा चोरी भएको छ । सटर मुनि लगाईएको ईटाको देवाल भत्काई ज्वेलर्समा रहेको...

नेपालगञ्जमा संक्रमितको संसर्गबाट १४ जनामा कोरोना संक्रमण

बाँके, २२ वैशाख -नेपालगञ्जमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यहाँस्थित भेरी अस्पतालको आरटी पीसीआर यन्त्रमा परीक्षणका क्रममा आइतबार मात्रै १४ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि कोरोना संक्रमण देखिएका व्यक्तिलाई पछ्याउँदै जाँदा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्