साइकल चढेर चितवनबाट धुनुषा आएका कोरोना संक्रमित २ युवक

 न्यूज विराट
साइकल चढेर चितवनबाट धुनुषा आएका कोरोना संक्रमित २ युवक

जनकपुर, ४ जेठ-धनुषामा कोरोना संक्रमण देखिएका २ जना चितवनबाट जनकपुरधाम आएको खुलेको छ । दुबै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरू चितवनबाट साइकल चलाएर धनुषा आएका थिए ।

संक्रमित युवकहरू धनुषाको नगराइन नगरपालिका-९ घोडघास गाउँका बासिन्दा हुन् । उनीहरू अहिले धनुषाको नगराइन नगरपालिकाको गंगुली स्थित प्रादेशिक क्वारेनटाइनमा बसेका छन् । उक्त क्वारेनटाइनका संयोजक सन्तोष ठाकुरका अनुसार संक्रमित व्यक्तिहरू चितवनबाट धनुषा आएका थिए ।

‘क्वारेनटाइनमा समेत साइकल चढेर नै उनीहरू आएका थिए’ संयोजक ठाकुरले भने, ‘उनीहरू चितवनको देवकोटा चोकस्थित आदिकवि भानुभक्त क्याम्पसमा ओभरसियर पढ्ने बिद्यार्थी हुन् ।’

उनका अनुसार संक्रमित युवा लकडाउन हुनुअघि बाहिर कोठा भाडामा लिएर बस्ने गरेका थिए ।  चितवनमा भाडामा बस्दा महोत्तरी र सिरहाका समेत १–१ जना उनीहरूसँग बस्ने गरेका थिए ।

महोत्तरी र सिरहाका ती २ विद्यार्थी भने लकडाउन भएको केही दिनमै गाउँ फर्किएका थिए । उनीहरू घर पुगेर क्वारेनटाइनमा आए वा सिधा क्वारेनटाइनमा गए भन्ने कुराको अनुसन्धान भइरहेको छ । यसविषयमा थप अनुसन्धान भइरहेको स्रयोजक ठाकुरले बताए । उनका अनुसार त्यहाँ क्वारेनटाइनमा समेत ति २ जनालाई कोठा नम्बर १४ मा राखिएको थियो । अन्य मानिसहरूसँग उनीहरूको सम्पर्क हुन नदिइएको संयोजक ठाकुरले बताए ।

क्वारेनटाइनमा आएकै दिन ३० वैशाखमा उनीहरूको स्वाब संकलन गरिएको थियो  । अहिले उनीहरू क्वारेनटाइनमा नै रहेको भए पनि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरको कोभिड बिशेष अस्पतालमा पठाउने तयारी गरिएको छ  ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर धनुषाका २० बर्षीय र ६५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि गरेका छन् । तर, उनीहरू मध्ये १ जनाको उमेर ६५ वर्ष नभएर ३५ वर्षको रहेको खुलेको छ ।

धनुषामा अहिलेसम्म ५ जनामा कोरोना पुष्टि भइसकेको छ । यसअघि जनकपुरधाम २ का १ जना पत्रकार र मिथिला नगरपालिकाका-२ का १ महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । महोत्तरीका १ संक्रमित पनि जनकपुरधाममै पुस्तक व्यवसाय गर्दै आएका थिए ।

सम्बन्धित समाचार

रुसमा १ लाखभन्दा बढी नागरिकले लगाए कोरोना खोप

एजेन्सी, १९ मंसिर–रुसमा एक लाखभन्दा बढी नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप...

नारायणीको सतहले पार गर्‍याे खतराको विन्दु

चितवन, ८ असोज-तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।  देवघाटमा रहेको नारायणी बेसिन...

द्वन्द्वपीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर : मानवअधिकार आयोग

काठमाडौं, ४ मंसिर-राष्ट्रिय मानव अधिकार आयोगले द्वन्दपीडितहरूको न्यायप्राप्तिका अधिकार सुनिश्चित गर्न माग गरेको छ । विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको १४ वर्ष पुगेको स्मरण गराउँदै आयोगले त्यसबारेमा सरकारलाई त्यसबारेमा सचेत हुन आग्रह गरेको हो...

कोशी प्रदेशको बजेट सर्वसम्मतले पारित

विराटनगर । कोशी प्रदेशसभा बैठकबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक (बजेट) सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक बुधवार बसेको प्रदेशसभाको बैठकबाट सर्वसम्मत पारित भएको हो । २४...

कोशी अस्पतालमा दुई सिफ्ट ओपीडि संचालन, साढे ३ बजेसम्म चिकित्सक बस्नुपर्ने नियम लागू

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा दुई सिफ्टमा बहिरङ्ग (ओपिडी) संचालन सुरु भएको छ ।स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको परिपत्र आएपछि मंगलबारदेखि कोशी अस्पतालमा दुई सिफ्टमा ओपीडि सेवा संचालनमा ल्याएको हो ।दुई सिफ्टमा...

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज विमानस्थलबाट पक्राउ

एजेन्सी, २० मंसिर । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ’लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्। प्रहरीका अनुसार उनी विदेश जाँदै...

केन्याविरुद्ध लगातार दोस्रो जितको खोजीमा नेपाल

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा आज (शुक्रबार) केन्यासँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टिम केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितको खोजीमा छ...

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ, स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोप

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ परेका छन् । ५ हजार पर्ने थर्मोमिटरलाई १५ हजारमा बिक्री गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । अग्रवाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्