रुसमा १ लाखभन्दा बढी नागरिकले लगाए कोरोना खोप

 न्यूज विराट
रुसमा १ लाखभन्दा बढी नागरिकले लगाए कोरोना खोप

एजेन्सी, १९ मंसिर–रुसमा एक लाखभन्दा बढी नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो ।

सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत ११ अगष्टमा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड(१९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले सो कुराको जानकारी दिएका छन् । साथै उनले रुसले यहाँका नागरिकलाई सो खोप लगाएकोे बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताएको छ ।

गएको महिना मात्र सो खोपको प्रभावकारीताको बारेमा अनुसन्धान गरिएको थियो । सो अनुसन्धानबाट उक्त खोपले करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो । रुसमा पछिल्लो समयमा कोभिड–१९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म रुसमा २३ लाख ७५ हजार ५६४ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये संक्रमणका कारण ४१ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । १८ लाख ५९ हजार ८ सय ५१ जना कोरोना मुक्त भएका छन् भने यतिबेला ४ लाख ७४ हजार ८८ जना सक्रिय संक्रमित रहेको वल्र्डोमिटरको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित समाचार

घरेलु तथा साना उद्योगीहरुद्धारा सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग

विराटनगर, बैशाख २१-मोरङका घरेलु साना उद्योगीहरुले सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा प्रदेश १ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई विभिन्न १३...

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापा, १ भदौ । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने...

पोखरीया स्कुलमा भर्ना हुन विद्यार्थीको भिड, कक्षा ११ मा भर्ना हुन ६९७ विद्यार्थीले दिए परीक्षा

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना हुनको लागि प्रवेश परीक्षा लिएको छ । कक्षा ११ मा विज्ञान, व्यवस्थापन, शिक्षा र कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्नको लागि पोखरीयाले विद्याथीहरुको...

कतारबाट आएका २ जनामा कोरोना संक्रमणको आशंका

विराटनगर, चैत ११–कतारबाट एक हप्ता अगाडी नेपाल आएका दुई जना युवामा विराटनगर स्थित कोशी अञ्चल अस्पतालले कोरोना भाइरस (कोभिड—१९) को संक्रमण आशंका गरेको छ । चैत ३ गते कतारबाट नेपाल आएका २५ वर्षिय नेपाली दुइ...

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व विभागको छापा, भन्सार छली गरेको आशंका

विराटनगर । विराटनगर ११ जनपथटोलमा रहेको कपडाको हलसेल पसल गर्ने स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसधान विभागको टोलीले छापा मारेको छ । आइतबार विभागको टोलीले छापा मानेर सप्लायर्सको कागजपत्र बरामद गरेको छ । विभागले भन्सारबाट...

समय तालिकाअनुसार सबै व्यवसाय खुलाउन माग

पोखरा, १७ जेठ-लकडाउनका कारण अर्थतन्त्र सिथिल भएको भन्दै पोखरा क्षेत्रका व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले समय तालिका मिलाएर सबै व्यापार/व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार...

मोरङ २ मा सुजता कोइराला ४ मतले अघि

विराटनगर । मोरङको क्षेत्र नं. २ मा काँग्रेसकी सुजता कोइराला झिनो मतअन्तरले अग्रता लिएकी छिन् । कोइरालाले ३ हजार ५२६ मत ल्याएर अग्रता लिएकी छिन् । उनले एमालेका ऋषीकेश पोखरेललाई ४ मतले अग्रता लिएकी हुन्...

१५ महिने बालकसहित वीरगञ्जका २१ जनाले जिते कोरोना

जनकपुर, १४ जेठ-वीरगञ्जको विशेष कोरोना गण्डक अस्पतालमा उपचारार्थ २१ जनाले कोरोना जितेका छन् । विशेष कोरोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जनाले कोरोना जितेका हुन् । मंगलबार राती डिस्चार्ज हुनेमा २१ जना सबै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्