केन्याविरुद्ध लगातार दोस्रो जितको खोजीमा नेपाल

 न्यूज विराट
केन्याविरुद्ध लगातार दोस्रो जितको खोजीमा नेपाल

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा आज (शुक्रबार) केन्यासँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टिम केन्यालाई पाँच विकेटले पराजित गरेको थियो ।

नेपाल लगातार दोस्रो जितको खोजीमा छ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा १ सय ३१ रनको सामान्य लक्ष्य पाएको नेपालले चार बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

नेपालका ब्याटर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । आरिफ शेखले अविजित २४ रन बनाए । त्यस्तै, ज्ञानेन्द्र मल्लले २३, आशिफ शेखले १९, रोहितकुमार पौडेलले १३ रन बनाएका थिए ।

यसअघि केन्याले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो । नेपालले १२ गते तेस्रो, १३ गते चौथो र १४ अन्तिम तथा पाँचौ खेल केन्यासँग खेल्नेछ । यसपछि तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल भदौ १७ दोस्रो १८ र अन्तिम खेल २० गते खेल्नेछ ।

सम्बन्धित समाचार

मुख्यमन्त्री कार्कीले कोशीमा तेस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दै, चार बजे सपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।...

सरस्वतीलाई पराजित गर्दै आर्मी शीर्षस्थानमा

काठमाडौं, पुस २४–विभागीय टिम त्रिभुवन आर्मी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै आर्मी...

सौर्य एयरलाइन्सले विराटनगर– भैरहवा उडान गर्दै, दैनिक पौने चार बजे भैरहवा उड्ने

विराटनगर, १६ कात्तिक । सौर्य एयरलाइन्सले आगाी कात्तिक २२ गतेदेखि विराटनगर–भैरहवा उडान गर्ने भएको छ । प्रदेश नं. १ को राजधानीस्थित विराटनगर विमानस्थलबाट लुम्बिनी प्रदेशको भैरहवामा सिधा उडान गर्ने भएको हो । अन्तरप्रदेश उडान गर्ने...

वामदेवको आरोप : प्रधानमन्त्रीले नै एमाले पार्टी दर्ता गराए

काठमाडौं, १६ असार-निर्वाचन आयोगमा नेकपा एमाले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दर्ता भएको आरोप लगाएका छन् । जारी स्थायी कमिटी बैठकमा बोल्दै सन्ध्या तिवारीको नाममा सोमबार नेकपा एमाले दर्ता भएपछि गौतमले सो आरोप लगाएका...

बाक्लो हुस्सु र अत्यधिक गतिका कारण दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर, ८ माघ । सर्लाहीको हरिवन नगरपालिका–४ मा आज बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज...

मोरङमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधज्ञा जारी

विराटनगर, २ कात्तिक–चाडपर्वमा हुने भिडभाडको कारण कोरोना संक्रमण थप फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १२ दिने निषेधाज्ञा जारी गरेको छ । चाडपर्वमा हुने भीडभाडले कोरोना संक्रमणको दर उच्च हुने निष्कर्षसहित मोरङ...

कांग्रेसका बाँकी १६ जिल्ला अधिवेशनको मिति तोकियो

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा...

एक परिवारलाई मासिक १ सिलिण्डर

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्