द्वन्द्वपीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर : मानवअधिकार आयोग

 न्यूज विराट
द्वन्द्वपीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर : मानवअधिकार आयोग

काठमाडौं, ४ मंसिर-राष्ट्रिय मानव अधिकार आयोगले द्वन्दपीडितहरूको न्यायप्राप्तिका अधिकार सुनिश्चित गर्न माग गरेको छ । विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको १४ वर्ष पुगेको स्मरण गराउँदै आयोगले त्यसबारेमा सरकारलाई त्यसबारेमा सचेत हुन आग्रह गरेको हो । २०५२ सालबाट सुरु भएको युद्ध ५ मंसिर २०६२ मा सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएपछि औपचारिक रूपमा सकिएको थियो।

संक्रमणकालीन न्यायका सम्बन्धमा गठित आयोगहरूले संशोधन कानुनको अभावमा द्वन्द्व पीडितहरूलाई न्यायको अनुभूति हुन सक्ने गरी कार्य गर्न नसकेको आयोगको ठहर छ । आयोगको स्थापनाको २० वर्षको अवधिमा गरेका १ हजार १९५ वटा सिफारिसहरू मध्ये ९४० सिफारिसहरू द्वन्द्वसँग सम्बन्धित भए तापनि तिनको कार्यान्वयन अवस्था सन्तोषजनक नहरेको पनि आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

 ‘विस्तृत शान्ति सम्झौतामा उल्लेख भएअनुसार संक्रमणकालीन न्यायका सयन्त्रहरूसँग सम्बन्धित कानुनहरू मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता, यस आयोगको सिफारिस तथा सर्वोच्च अदालतको निर्णयअनुसार हुने गरी संशोधन गर्न, पीडितहरुको समयमै न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न तथा आयोगले दोषी ठाहर गरेका मानव अधिकार उल्लंघन कर्ताहरुलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याइ दण्डहीनताको स्थिति अन्त गर्न आयोग नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ’ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

कोरोनाभाइरसको संक्रमणबाट १७ प्रहरीको मृत्यु

काठमाडाैं, १४ वैशाख-कोरोनाभाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरूले यस हप्ताको सुरुमा नै...

आज १६१४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १४ सय नाघ्यो

काठमाडौं, ११ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ६ सय १४ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।  त्यस्तै, बिहीबार १ हजार ४ हजार...

एसइइ रनिङ्ग शिल्ड प्रतियोगिता : मोरङ र सुनसरीका पाँच स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सुनसरी र मोरङका पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा बुधबार भएको खेलमा...

रूसले सुरु गर्‍यो कोरोनाविरुद्ध खोप अभियान

एजेन्सी, २० मंसिर-रूसले राजधानी मस्कोका क्लिनिकमार्फत कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसलाई कोभिड-१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित...

नेपालमा कोरोनाविरुद्धको खोप १४ गतेदेखि लगाउन सुरु गरिने

काठमाडौं, ११ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते...

एटिएम भित्र अनावश्यक हर्कत गर्ने युवक प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका –२ टंकिचोकस्थित एनआइसि एसिया बैंकको एटिएम कक्षमा अनावश्यक हर्कत गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार करिब ३:३० बजे, बुढिगंगा–२ का २२ वर्षीय अभिनाश राजबंशी एटिएम कक्षभित्र पसेर...

टी – २० क्रिकेट प्रतियोगिता, सुदूरपश्चिम र एपिएफ विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै...

गुणस्तरीय शिक्षामा अब्बल इस्टर्न कलेज अफ इन्जिनियरिङ

विराटनगर । प्रदेश नं. १ को मुटुमा अवस्थित विराटनगर – २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङ गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित भएको छ । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्