काठमाडौं, ३ जेठ-२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका २ जना संक्रमितमा महोत्तरीका ५२ वर्षीष पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७८ पुगेको छ ।
संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशका २६ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
अहिलेसम्म कोरोना भाइरसको आशंकामा २४ घण्टाको अवधिमा २ हजार ५ सय ७९ स्वाबको परीक्षण गरिएको छ भने २६ हजार ६ सय ९१ नमुनाको पीसीआर परीक्षण गरिएको छ । त्यस्तै, अहिलेसम्म ६५ हजार ७ सय ३९ जनाको आरडीटी परीक्षण गरिएको छ ।