म्याग्दी पहिरोमा पुरिएर २ जनाको मृत्यु

 न्यूज विराट
म्याग्दी पहिरोमा पुरिएर २ जनाको मृत्यु

म्याग्दी, २८ जेठ-म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ रायखोरमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । ५० वर्षीया हमाया शेरपुञ्जा र ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माका अनुसार मंगलबार राती ११ बजेतिर उनीहरू सुतिरहेको गोठ लेदोसहितको पहिरोले पुरिएको थियो ।

पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयवासीले हमाया र रोशनीलाई मृत फेला पारेका थिए । पहिरोले पुरिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानोको गोठमा रहेको अन्नपात, भाँडावर्तनलगायत सबै नष्ट भएको छ ।

पशुचौपायको भने क्षति भएको छैन । थप उद्धार र अनुसन्धानका लागि आज बिहान प्रहरी निरीक्षक शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ । रासस

सम्बन्धित समाचार

सिरहामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण

वीरगन्ज, ६ भदौ-सिरहामा मृत्यु भएका १ वृद्धमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना पाजिटिभ...

पाँचौँ एनभीए राष्ट्रिय भलिबल स्थगित

नेपाल भलिबल संघले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो । प्रतियोगिताको...

लायन्सद्धारा २ हजार ६ सय भिटिएम हस्तान्तरण

विराटनगर, ३१ असार–लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भिटिएम किट हस्तान्तरण गरेको छ । शंकास्पद व्यक्तिहरुको कोरोना परीक्षणका लागि आवस्यक पर्ने ‘भाईरस ट्रान्सपोर्ट मेडियम’ (भिटिएम) सामाजिक विकास मन्त्री...

आज २ हजार १२० जनामा कोरोना पुष्टि, २ हजार ४४ संक्रमित डिस्चार्ज

काठमाडौं, १७ असोज-गत २४ घण्टामा नेपालमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ सय ९ सय ७८ को पीसीआर गर्दा आज २ हजार १ सय २० जनामा कोरोना पुष्टि...

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

काठमाडौं, २६ साउन-कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।काठमाडौंको कलंकीका ती पुरुष १५ साउनमा ललितपुर जिल्ला स्वास्थ्य कार्यालय भर्ना भएका...

अवैध रूपमा नेपाल छिर्ने भारतीयलाई रोक्न सशस्त्रद्वारा हवाई फायर

झापा, ४ साउस-झापाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका करिब ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिकहरूलाई नेपाल प्रवेश...

आयुर्वेद स्वास्थ्यकर्मीद्धारा होलीमा शुभकामना आदनप्रदान कार्यक्रम

विराटनगर । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशले होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । समाजले विराटनगरमा एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो । सोही अवसरमा क्यालेन्डर विमोचन पनि...

कोरोना संक्रमितका लागि ९४२ आईसीयू र ४९६ वटा भेन्टिलेटर छुट्याइयो

काठमाडौं, २९ साउन-कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि देशभर ९४२ वटा आईसीयू बेड व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमण भएर आएकाको उपचारका लागि कुल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्