नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

 न्यूज विराट
नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

उपभोक्तालाई सो फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा मङ्गलबार औषधि व्यवस्था विभाग बबरमहलका वरिष्ठ औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले फर्मामा छापामारी खानतलासी गर्दा नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि पक्राउ गरेको हो ।

कोरोना भाइरसको महामारीले अहिलेको संवेदनशील अवस्थामा उपभोक्ताको जीवनसँग खेलवाड गर्दै विभागले निर्धारण गरेको मापदण्डविपरीतको नक्कली औषधि बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १ सय ४९ थान बरामद गरी अनुसन्धान सुरु गरेको छ ।

क्यारेन्टाइनबाट बाँकी २३ फर्किए

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जनालाई मङ्गलबार घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरण भवनको क्वारेन्टाइनमा राखिएको थियो ।

सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पु¥याउने व्यवस्था गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । रासस

सम्बन्धित समाचार

एजेन्सी, चैत २०-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकर तथा रोकथामका लागि लागू गरिएको लडकाडउन उल्लंघन भए फिलिपिन्समा गोली हान्ने आदेश दिइएको छ ।  फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउनको उल्लंघन गर्नेलाई गोली हान्न आदेश दिएका हुन् । बुधबार राति देशवासीका नाममा सम्बोधन गर्दै उनले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न सेना र प्रहरीले आदेश दिएका हुन् । ‘प्रहरी र सेनालाई मेरो आदेश छ, यदि त्यहाँ समस्या छ र कुनै मान्छे झगडा गर्न आए तपाईंहरूको ज्यानलाई खतरा हुन्छ भने, उनीहरूलाई मर्ने गरी गोली हान्नू’ बुधबार देशबासीका नाममा गरिएको सम्बोधनमा उनले भने, ‘म उनीहरूलाई गाड्न तयार छु।’ बुधबार मनिलाको एक बस्तीमा खाना नपाएर आन्दोलन गरिरका बासिन्दाहरूलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि राष्ट्रपितको यस्तो वक्तव्य आएको हो । उनीहरूको आन्दोलनले लकडाउनमा समस्या आएको भन्दै राष्ट्रपतिले गोली हान्न आदेश दिएका हुन् ।फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण ९६ जनाको मृत्यु भइसकेको छ भने २३११ जनामा संक्रमण पुष्टि भएको छ ।

एजेन्सी, चैत २०-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकर तथा रोकथामका लागि लागू गरिएको लडकाडउन उल्लंघन भए फिलिपिन्समा गोली हान्ने आदेश दिइएको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउनको उल्लंघन गर्नेलाई गोली हान्न आदेश...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब आफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १२ स्थित बखरी आधारभूत विद्यालयमा विराट नर्सिङ होमसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । चार जना चिकित्सक र...

मोडेर्नाको कोरोनाविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी

एजेन्सी, मंसिर १-मोडेर्नाले आफूले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी भएको घोषणा गरेको छ । सोमबार सो कम्पनीले तत्काल प्राप्त तथ्यांकको विश्लेषणबाट खोप प्रभावकारी रहेको पाइएको जनाएको छ । फाइजर कम्पनीले बनाएको खोप...

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी कार्कीलाई आइतबार साझ मुख्यमन्त्री पदमा नियुक्त गरेका...

नवलपरासीमा गोली चल्यो, सशस्त्र प्रहरीका ६ जना घाइते

काठमाडौं, २५ जेठ-नवलपरासीमा गोली चलेको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल ल्याउन खोज्ने सवारी चेकजाँच गर्ने क्रममा चेक पोष्टमा रहेका सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरी बलले गोली चलाएको हो । नवलपरासीको प्रतापपुर गाउँपालिका-५...

सुनसरीमा भोलिदेखि ६ मंसिरसम्म निषेधाज्ञा, तिहारमा देउसी-भैलोसमेत रोक

विराटनगर, ३० असोज-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा विभिन्न क्षेत्र तोकेर १ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो...

शनिबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि

काठमाडौं, ३१ जेठ-सुदूरपश्चिममा शनिबार एकै दिन थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।...

यात्रुबहाक बसमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । दुर्घटनापछि यात्रुबहाक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका – ३ नयाँ मंगलबारे सडक खण्डमा यात्रुबाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई शनिबार पक्राउ गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्