कृष्णबहादुर गिरि ‘सिद्धबाबा’ लाई पूपक्षका लागि झुम्का कारागार पठाइयो

 न्यूज विराट
कृष्णबहादुर गिरि ‘सिद्धबाबा’ लाई पूपक्षका लागि झुम्का कारागार पठाइयो

विराटनगर, फागुन २०–एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतको आदेश अनुसार प्रहरीले पुर्पक्षका लागि थुनामा राख्न झुम्का कारागार पठाइएको छ । उच्च अदालत विराटनगरले गत माघ ९ गते गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकै दिनदेखि फरार भएका उनी मंगलवार सुनसरी जिल्ला अदालतमा हाजिर भएका थिए ।

जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालका अनुसार पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालतको आदेश कार्यान्वयनका लागि गिरीलाई थुनुवा पुर्जी दिएर कारागार पठाइएको हो । एक महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोपमा गत मंसिर दोस्रो साता पक्राउ परेका ४६ वर्षीय गिरी जिल्ला अदालत सुनसरीको आदेशमा गत पुस १४ गते तीन लाख रुपैयाँको धरौटीमा रिहा भएका थिए ।

जिल्ला अदालत सुनसरीको आदेशमा रीत नपुगेको भन्दै सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा निवेदन दिएको थियो । उक्त निवेदन परेलगत्तै गिरी पनि सादा तारेखमा रहेर मुद्दाको पुर्पक्ष गरिपाउँ भनी उच्च अदालतमा पुगेका थिए । ती दुवै निवेदनमाथि सुनवाइ गर्दै उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालतमा उक्त मुद्दाको सुनुवाइ भइरहेका बेला गिरी भने आफ्ना अंगरक्षकलाई रानी सिमानामै छोडेर भारतको जोगबनीतर्फ फरार भएका थिए ।

सम्बन्धित समाचार

श्रमिककाे पारिश्रमिक नबढाए आन्दोलनमा उत्रिने, जिफन्टले बुझायो श्रम कार्यालयमा ज्ञापनपत्र

विराटनगर । राज्यले तोके अनुसारको श्रम ऐन अनुसारको पारिश्रमिक दिनुपर्ने माग राख्दै श्रमिकहरु आन्दोलित भएका छन् । जिफन्ट कोशी प्रदेशले श्रम ऐन कार्यन्वयन गरिनुपर्ने र राज्यले तोकेको पारिश्रमिक श्रमिकलाई दिनुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन भएको...

देशभर थप ९७९ जनामा कोरोना पुष्टि

काठमाडौं, २२ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

आजदेखि विराटनगरमा तीन दिन कोरोना विरुद्धको खोप लगाइदै

विराटनगर, १२ पुस । विराटनगरमा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । सोमबारदेखि आगामी तीन दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । हालसम्म एक पटक पनि खोप नलगाएका नगरवासीहरुलाई लक्षित गरेर महानगरले...

विश्वमा सकियो तेल भण्डारण क्षमता, मूल्यमा गिरावट

एजेन्सी, बैशाख १५-विश्वभर नै तेलको भण्डारण क्षमता समाप्त हुँदै गएको छ । कोरोना भाइरसका कारण तेलको मागमा अत्यधिक कमी तथा मूल्यमा गिरावट आइरहे पनि उत्पादन कटौती नहुँदा भण्डारण क्षमता सकिँदै गएको हो । तेल उत्पादन...

काँकरभिट्टा नाका लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

विराटनगर, चैत ९–पछिल्लो समय पूर्वीनाका काँकरभिट्टा लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । पूर्वमा लागूऔषध प्रयोग र कारोबार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकडभिट्टानाका यतिखेर उनीहरुका लागि सुरक्षित यात्रास्थल जस्तै बनेको हो । केहीवर्ष अघिसम्म...

काठमाडौँ विश्वविधालय र एस्पायर कलेज बीच शैक्षिक तालिम संचालन गर्ने सम्झौता

विराटनगर । नेपालका दुई प्रतिष्ठित शैक्षिक संस्थाको सम्झौता भएको छ । काठमाडौं विश्वबिद्यालय स्कुल अफ एजुकेशन र विराटनगर १४ मा रहेको एस्पायर कलेजबीच शैक्षिक तालिम संचालन गर्ने सम्झौता भएको हो । निरन्तर व्यावसायिक शैक्षिक केन्द्र...

ओलीको अभिव्यक्ति कुर्ची जोगाउने अस्त्र र राजनीतिक स्टन्ट : गगन थापा

काठमाडौं, ३० असार-नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति नेकपा भित्रको अन्तरद्वन्द्वका बीच कुर्ची जोगाउने अस्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै आन्तरिक...

जनता समाजवादी पार्टीले संविधान संशोधनकाे पक्षमा मतदान गर्ने

काठमाडौं, ३० जेठ-जनता समाजवादी पार्टीले संविधान संशोधन गर्न संसदमा प्रस्तुत भएको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारीको बैठकले नेपालकाे संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्