परराष्ट्रमन्त्रीले भारतीय राजदूतलाई सोधेः नेपाली भूमिमा किन बाटो बनाएको ?

 न्यूज विराट
परराष्ट्रमन्त्रीले भारतीय राजदूतलाई सोधेः नेपाली भूमिमा किन बाटो बनाएको ?

काठमाडौं, २९ वैशाख-सरकारले लिपुलेकमा नेपाली भूमि मिचेर बाटो बनाएको बिषयमा भारतसँग संवाद थालेको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रासँग लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूतलाई नेपाली भूमिका बाटो निर्माण गरेको बिषयमा भारतको धारणा मागेका छन् । राजदूतलाई मन्त्री ज्ञवालीले जानकारी गराउन आग्रह गर्दै बिना सूचना सडक निर्माण किन भएको भनेर प्रश्न गरेको परराष्ट्र मन्त्रालय श्रोतले जानकारी दियो ।

नेपालका तर्फबाट कुटनीतिक नोटसमेत राजदूतमाफृत भारतलाई दिइएको परराष्ट्रका एक अधिकारीले बताए । भारतीय हर्कतका विषयमा यसअघि परराष्ट्रले हस्ताक्षर बिनाको बिज्ञप्ति जारी गर्दै बिरोध जनाइसकेको छ ।

सम्बन्धित समाचार

स्वयम्भुमा गाेली चलाएर सैनिकद्वारा आत्महत्या

काठमाडौं, ३० जेठ-स्वयम्भुको छाउनीस्थित वीरेन्द्र अस्पतालमा गोली चलाएर १ जना सैनिकले आत्महत्या गरेका छन् । उनले गएराती पौने १२ बजे ड्युटीमा बसेको बेला नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्टले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका हुन्...

आपूर्ति बढ्दासमेत तरकारीको मूल्य बढ्यो

काठमाडौं उपत्यकामा गएको एक महिनाको तुलनामा दैनिक उपभोग्य तरकारीको मूल्य बढेको छ । तरकारीको आपूर्ति बढे पनि माग अत्यधिक भएकाले मूल्य बढेको व्यापारी बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार मात्रै...

इन्द्र आङ्बोले पढे अविश्वास प्रस्तावको पत्र, २० गतेसम्मका लागि बैठक स्थगित

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेस भएकाे छ । नेकपा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेस गरेकाे हाे । केही साताअघि मुख्यमन्त्री राईले अर्थमन्त्रीबाट हटाएका इन्द्र आङ्बोले बैठकमा अविश्वास...

राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

काठमाडौँ, २३ कात्तिक-राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत हुनुहुन्छ । नेकपा (एमाले)का...

मानवसेवा आश्रममा स्वास्थ्य सामाग्री वितरण

विराटनगर । विराटनगर १० स्थित मानव सेवा आश्रममा नेपाल औषधी व्यवसायी संघ मोरङले स्वास्थ्य सामाग्री वितरण गरेको छ । नेपाल औषधी व्यवसायी संघका संस्थापक सदस्य तत्कालनी मेचि, कोशि, सगरमाथा अञ्चलको संस्थापक अध्यक्ष लक्ष्मीनाथ उप्रेतीको २९...

एसइइ रनिङ्ग शिल्ड : मोरङ र सुनसरीका पाँच स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आइतबार...

कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह

कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामग्री...

तेस्रो मिल्स टि– २० क्रिकेट : अभिषेकको सतकले वाइआरसीसी सेमिमा

विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतक कटाएपछि विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज विहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्