इन्द्र आङ्बोले पढे अविश्वास प्रस्तावको पत्र, २० गतेसम्मका लागि बैठक स्थगित - News Birat

इन्द्र आङ्बोले पढे अविश्वास प्रस्तावको पत्र, २० गतेसम्मका लागि बैठक स्थगित

न्यूज विराट

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेस भएकाे छ । नेकपा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेस गरेकाे हाे । केही साताअघि मुख्यमन्त्री राईले अर्थमन्त्रीबाट हटाएका इन्द्र आङ्बोले बैठकमा अविश्वास प्रस्तावको पत्र पढेर सुनाएका थिए ।

आङ्बोले प्रस्ताव पेस गरेसँगै सभामुख प्रदीपकुमार भण्डारीले २० फागुनसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् । मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव अघि बढ्ने भएपछि ओली समूहका सांसदहरूले आजकाे बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles