एसइइ रनिङ्ग शिल्ड : मोरङ र सुनसरीका पाँच स्कुल क्वाटरफाइनलमा

 न्यूज विराट
एसइइ रनिङ्ग शिल्ड : मोरङ र सुनसरीका पाँच स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।

विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आइतबार भएको खेलमा विराटनगरको माउन्ट मनास्लु, सत्यनारयण, र जेभियर्स स्कुल, सुनसरीको सहिद स्मृती आवसिय मावि र बुढीगंगाको युनिक एकेडेमी विजयी भइ क्वाटरफाइनलमा पुगेको हो ।

पहिलो खेलमा माउन्ट मनास्लुले स्कुलेल स्काई स्कुललाइ ३–० गोलले पराजित ग¥यो । जितको लागि माउन्ट मनास्लुका आयुश चौधरी, प्रभात राजभार र आशिष दासले समान १–१ गोल गरे । खेलको म्यान अफ द म्याच स्काई स्कुलका दिपेन कार्की घोषित भए ।

दोस्रो खेलमा सहिद स्मृती आवसिय मा.बिले मोर्डएरा स्कुललाई ३–० गोलले हरायो । जितको लागि युजिङ चौधरी,सुशील राई र
युवल शेवाले समान १–१ गोल गरे । म्यान अफ द म्याच सहित स्कुलका सप्निल तामाङ भए ।

तेस्रो खेलमा युनिक एकेडेमीले क्रिस्टल स्कुललाई ६–१ गोलले निरास बनायो । जितको लागि धिरज उरावले ह्याट्रिक गर्दै ४ गोल, निम्सन श्रेष्ठ र बिरोध खतिवडाले समान १–१ गोल गरे । क्रिस्टल स्कुलका सबिन भुजेलले सान्तवना गोल फर्काए ।
खेलको म्यान अफ द म्याच युनिकका धिरज उराव घोषित भए ।


चौथो खेलमा सत्यनारायण मा.बिले सगरमाथा स्कुललाई टाइब्रेकरमा ५–४ गोलले पराजित गरो । निर्धातिर समयसम्म १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच सत्यनारायण मा.बिका जीवन चौधरी भए ।

पाँचौ खेलमा जेभियर्स ई.स्कुलले सेन्ट जोसेफ स्कुलाई टाइब्रेकरमा ४–३ गोलेल हरायो । निर्धारित समयसम्म गोल रहित खेल बराबरी भएपछि टाइब्रेकरबाट जेभियर्सले जित निकालेको हो । जेभिर्यसका आशिक उराउ म्यान अफ म्याच घोषित भए ।

सम्बन्धित समाचार

भारतमा एक महिनामा थपिए २६ लाख संक्रमित

एजेन्सी, १५ असोज-भारतमा पछिल्लो एक महिनामा २६ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । अगष्टयता सङ्क्रमण ७१ प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतको विभिन्न राज्यमा सञ्चालन गरिएको ‘सिरो प्रिभेलेन्स’ सर्वेक्षणले यस...

५ लाखमा शिशु किनबेच गर्ने डाक्टर कर्णसहित ६ जनालाई तीनवटा मुद्दा चलाउने तयारी

विराटनगर । पाँच लाख रूपैयाँ लिएर नवजात शिशु बेचेको आरोपमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने भएको छ। कोशी अस्पतालका पूर्वप्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय...

कांग्रेसको निष्कर्ष : गठबन्धन छुटाएर भएपनि एमसीसी अनुमोदन

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।ेबिहीवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी देशको पक्षमा रहेको निश्कर्ष निकालेको नेता डा. शशांक...

विराट गोल्डकप : आज साविक विजेता एपीएफ र भुटान खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ । विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा आज राती ७ बजे खेल...

चुनावको सम्पूर्ण तयारी सकियो : आयोग

निर्वाचन आयोगले आसन्न चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यलयबाट सम्पूर्ण तयारी सकिएको आयोगले जनाएको हो । चुनाव हुनुअगावै ३५५ जना निर्विरोध निर्वाचित भएका छन् भने ६ वडाध्यक्षसहित...

विराटनगरमा लकडाउनका कडाई गर्न एक्सनमा उत्रियो प्रहरी

विराटनगर, चैत २८-लकडाउनमा मानविय गतिविधि बढ्दै गएपछि स्थानीय प्रशासनले कडाई गर्ने भएको छ । विराटनगरमा आज ५ बजेबाट लकडाउन कडा बनाइएको छ । विराटनगर महानगर भित्र ५ बजेपछि मानिसहरूको ठुलो चहलपहल हुने भएको हुँदा यसलाई...

क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार प्रयास

जनकपुरधाम, १२ वैशाख-धनुषाको क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कारको प्रयास भएको छ । धनुषाको विदेह नगरपालिका–६ स्थित क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलामाथि गएराति बलात्कारको प्रयास भएको हो । ती महिला विगत ७ दिनदेखि त्यहाँ रहँदै आएकी थिइन्।...

कोसी ब्यारेजको क्वारेन्टाइनबाट १९ भारतीय फरार

काठमाडाैं, २६ वैशाख-क्वारेन्टाइनमा राखिएका १९ भारतीय नागरिक सप्तरीबाट फरार भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ मा रहेको कोसी निम्न माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनबाट उनीहरू बिहीबार बिहान फरार भएका हुन् । भारतसहित नेपालकै विभिन्न जिल्लाबाट आएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्