तेस्रो मिल्स टि– २० क्रिकेट : अभिषेकको सतकले वाइआरसीसी सेमिमा
शुक्रबार, ०४ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतक कटाएपछि विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा आज विहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा अविजित १७७ रनको योगदान दिए । उनले २० छक्का र ११ चौका हिर्काए । अहिलेसम्म भएको मिल्स क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी रहेका छन् । टस जितेर ब्याटिङ रोजेको विराटनगरले सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१४ रन बनाएको हो । जसमा विराटनगरका ओपनर देव खनाल १० बलमा ३१ रन मात्रै बनाएर अलआउट भए । यसअघिको खेलमा उनले ३० बलमा सतक कटाएका थिए । त्यसैगरी इमरान नजिरले १७ बलमा ३६ रन पारी खेल्दा सन्दिप खत्रीले ९ बलमा ३५ रनको योगदान दिए । सुनसरीका समिर तिम्सिना र भुपाल लुईटेलले समान २ –२ विकेट लिए । सोनु मण्डल र गौरव कटुवालले समान १–१ विकेट लिए । विराटनगरले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको सुनसरीले १६.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो । सुनसरीका सोनु मण्डलले २२ बलमा २५ रन, आकाश सर्राफले १५ रन र सुमन गतराजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् । विराटनगरका बलर बिपिन खत्री, शोजराज भट्ट र नारायण जोशीले समान २–२ विकेट लिए । पहिलो खेलको प्लेर अफ द म्याच अभिषेक पाठक घोषित भए । अहिले दोस्रो खेल दिल्ली र कटियार क्रिकेट क्लब बिच भइरहेको छ ।
विराटनगर, २७ कात्तिक–जनता समाजवादी पार्टी मोरङले जिल्लाबाट जनता केन्द्रीय कमिटीमा चयन भएकाहरुलाई बिहीबार स्वागत, बधाई तथा सम्मान कार्यक्रम गरेको छ । पार्टीका युवा नेता उमेश यादवले केन्द्रीय समितिमा चयन भएकाहरुलाई स्वागत गरेका हुन् । गत...
एजेन्सी, असार १९-उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना संकट रोक्न देशले चामत्कारिक सफलता हात पारेको बताएका छन् । पार्टी पोलिटब्यूरोको बैठकका क्रममा किम जोङ उनले उत्तर कोरियाले भाइरस फैलिनबाट रोकेर देशलाई हरहालतमा स्थिर बनाइराखेको...
काठमाडौं, १५ असार-सरकारले हालकै अवस्थालाई आगामी ७ साउनसम्मलाई लम्ब्याउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसअघि १...
विराटनगर, २६ साउन-मोरङ जिल्ला अदालतका एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा गराएको परीक्षणमा आइतबार साँझ न्यायाधीशमा कोरोना संक्रमण रहेको रिपोर्ट आएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी...
विराटनगर, फागुन २२–धनकुटा उद्योग वाणिज्य संघको ४५ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार सर्वसम्मत रुपमा संघको अध्यक्षसहित सबै पदमा निर्वाचित भएका पदाधीकारीहरुले औपचारकि रुपमा पदभार ग्रहण गरेका हुन् । सोमबार...
एजेन्सी, साउन १८-भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका छन् । गृहमन्त्री शाहले ट्विट गर्दै आफूमा कोरोना...
झापा, १३ जेठ-दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी...
एजेन्सी, जेठ १०-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थियो । सो औषधिबारे विज्ञानसम्बन्धी शोध पत्रिका लेसेटले आफ्नो अनुसन्धानमा कोरोना संक्रमित विरामीको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन दिइएमा...