प्रदेश सरकारको ध्यान ‘थ्रिटी’मा: मन्त्री घिमिरे

 न्यूज विराट
प्रदेश सरकारको ध्यान ‘थ्रिटी’मा: मन्त्री घिमिरे

विराटनगर, बैशाख २६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रिटीमा केन्द्रित रहेको बताएका छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयले कोरोना नियन्त्रणका लागि निर्देशिका बनाएरै काम गरिरहेको उनले जानकारी दिए । सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता नेतृत्वको टिमले ट्रेसिङको काम गरिरहेको मन्त्री घिमिरेले बताए । उनले भने,‘कोरोनाको रुट पत्ता लगाउने काम यसले गर्छ ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको नेतृत्वमा टेष्टीङ गर्ने टिम रहेको उहाँले बताए । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राको नेतत्वमा ट्रिटमेन्ट गर्ने टिम रहेको मन्त्री घिमिरेले बताए । सो टिममा डा. दीपक सिग्देल र डा. डेनप्रसाद आचार्य रहेका छन् । सामाजिक विकास मन्त्री घिमिरेले हेल्थडेक्स पुन सुरु गरिने बताए । लकडाउन खुकुलो भएसँगै हेल्थडेक्स शुरु हुने उनको भनाई छ ।

सम्बन्धित समाचार

भोलिबाट सुरू हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, २५ वैशाख-शुक्रबारबाट सुरू हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना भाइरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालनका सबै तयारी पूरा भएको...

डाक्टर दिपक सिग्देलसहित पाँच जना चिकित्सक ११ औं तहमा बढुवा

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनियरका आधारमा प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा. दीपक सिग्देलसहित पाँच जनालाई ११ तह अर्थात सह सचिवमा बढुुवा गर्ने भएको छ । ११ तहका चिकित्सक स्वास्थ्यका प्रमुख खम्बा हुन् ।...

प्रदेश १ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

प्रदेश–१ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन, झापा र सुनसरी गरी छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको हो ।चितवनमो इच्छा मनकामना–३ सौराहका २७ बर्षीय चित्रकुमार गुरुङको स्काभेटर दुर्घटनाबाट मृत्यु छ ।...

मोरङको रतुवामाईमा थप २५ जनामा कोरोना पुष्टि 

विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...

नेपालमा कोरोनाबाट मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

कोरोनाभाइरस संक्रमणको कारण मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या १० हजार १९ पुगेको छ । भाइरस संक्रमणको १४ महीनामा यतिजना नेपाली नागरिकले ज्यान...

प्रदेश १ मा यस्तो बन्यो जम्बो मन्त्रीमण्डल, कसले कुन मन्त्रालयको जिम्मेवारी पाए ?

विराटनगर, २३ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूबीच भागबण्डामा सहमति जुटेसँगै आइतबार मुख्यमन्त्री राईले कांग्रेस र एकीकृत समाजवादीका तीन–तीन र माओवादी केन्द्रका दुई जनालाई...

पोखराका एक युवामा कोरोना संक्रमण, कास्कीमा २ जना थपिए

पोखरा, ७ असार-पोखरामा थप १ जनामा कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिका- १४ भेडीफारमका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।कोरोना अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ९० वर्षीय पुरुषको सम्पर्कमा आएका उनको पीसीआर जाँच...

बलिउड संगीतकार वाजिद खानको निधन

एजेन्सी, जेठ १९-बलिउडका संगीतकार वाजिद खानको निधन भएको छ । गएराति वाजिदको निधन भएको उनको परिवारले पुष्टि गरेको छ  । वाजिदको निधनले बलिउडको चर्चित साजिद–वाजिदको जोडी टुटेको छ । वाजिदले आफ्ना भाई साजिदसँग मिलेर बलिउडका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्