बलिउड संगीतकार वाजिद खानको निधन

 न्यूज विराट
बलिउड संगीतकार वाजिद खानको निधन

एजेन्सी, जेठ १९-बलिउडका संगीतकार वाजिद खानको निधन भएको छ । गएराति वाजिदको निधन भएको उनको परिवारले पुष्टि गरेको छ  । वाजिदको निधनले बलिउडको चर्चित साजिद–वाजिदको जोडी टुटेको छ ।

वाजिदले आफ्ना भाई साजिदसँग मिलेर बलिउडका केही फिल्ममा संगीत भरेका छन् । उनीहरुको जोडीलाई साजिद वाजिदको जोडीका नामले चिनिन्छ ।

उनी मिर्गौलाको उपचार गराइरहेका थिए । तर उपचारका क्रममा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । गायक सोनु निगमले फेसबुकमा पोस्ट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् ।

उनको परिवारले भनेको छ, ‘वाजिद खान मिर्गौलाको बिरामी थिए र दुई वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।’ वाजिद खानको एक साताअघि मात्रै पछिल्लो गीत ‘भाइ–भाइ’ रिलिज भएको थियो ।

वाजिद खानले आफ्ना भाइ साजिदसँग मिलेर सन् १९९८ मा सलमान खान अभिनित फिल्म ‘मैंने प्यार किया’ मा संगीत दिएर चर्चामा आएका थिए ।

उनले सोनु निगमको एल्बम ‘दिवाना’ मा समेत संगीत भरेका थिए । सन् १९९९ मा नै उनले फिल्म ‘हेल्लो ब्रदर’ का लागि संगीत निर्देशकका रुपमा काम गरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ को मन्त्रीपरिषद विस्तार

विराटनगर, माघ ५–प्रदेश एकको सरकारले मन्त्रीपरिषद बिस्तार गरेको छ । ५ सदस्यिय मन्त्रिपरिषद रहेको प्रदेश सरकारमा ४ जना राज्य मन्त्रीहरु थप गरिएका छन । थप गरिएका राज्य मन्त्रीहरुमा रामबहादुर थापा मगर भुुमि ब्यवस्था,कृषि तथा सहकारी...

जनता आदर्श बहुमुखी क्याम्पसमा साइवर अपराध सम्बन्धी तालिम

विराटनगर । जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई साइवर अपराध सम्बन्धी दुई दिने तालिम दिएको छ । प्रविधिमा आएको विकासका कारण पछिल्लो समयमा बढ्दै गएको साइवर अपराधबाट विद्यार्थी...

राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

काठमाण्डौं । राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ। एभिन्युज टेलिभिजनका अनुसार भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु...

धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै

धनकुटा, फागुन १६–धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै गएको अख्तियारको तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा दर्ता भएका धनकुटाका ५० मध्ये २५ वटा उजुरी स्थानीयतहका छन् । यी बाहेक शिक्षा,...

५ उद्देश्यलाई केन्द्रित गरेर मौद्रिक नीति ल्याऊ : काङ्ग्रेस

काठमाडौं, १ साउन-प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले ५ उद्देश्यलाई केन्द्रित गरेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । पूर्वअर्थमन्त्री डा. रामशरण महत संयोजक रहेको अर्थतन्त्र केन्द्रित विशेष समितिले आर्थिक पुनरुत्थानलगायतका उद्देश्य पूर्ति...

बाँकेमा क्वारेन्टाइनमै युवकको मृत्यु

बाँके, ४ जेठ-बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ । ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै ज्यान गएको हो ।...

नेकपालाई प्रतिपक्षको सुझाव : कोरोना महामारीमा बेमौसमी बाजा नबजाऊँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबजाउन आग्रह गरेका छन् । सोमबार मन्त्रिपरिषदको बैठकले पार्टी फुटाउनको लागि सहज हुने गरी अध्यायदेश पारित गर्ने निर्णय गरेपछि प्रवक्ता शर्माको यस्तो टिप्पणी आएको हो...

गाँजा सहित एक जना विराटनगरबाट पक्राउ

विराटनगर । प्रहरीले अवैध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १८ झटियाई मुसरीमा टोल नयाँबस्तीबाट गाँजा सहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर – १८ बस्ने १८ बर्षिय नन्दु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्